उर्मिला यादव यात्री , १८८ पटक हेरिएको

भैरहवा, बैशाख ३
मोर्डन पब्लिक स्कुल सिद्धार्थनगर ८ शिवपथ भैरहवाले मंगलबार एक कार्यक्र्रमका बिच बिद्यालयका शिक्षकहरुलाई ब्याज बितरण एवम पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको अध्यक्ष अमित यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर र बिद्यालयमा शिक्षकहरुको अहम भुमिकालाई जिम्मेवारी पुर्वक निर्वाह गर्नका लागी शिक्षकहरुलाई पद हस्तान्तरण र ब्याज बितरण गरिएको हो ।
कार्यक्रममा मोर्डन पब्लिक स्कुलको सल्लाहकारमा एल.बि. रौतार, अध्यक्षमा अमित यादव, प्रबन्धकमा राहुल यादव, बिद्यालयको प्रधानाध्यापकमा कमल थापा, सह प्रधानाध्यापकमा किसन थापा, सिनियर कोर्डिनेटरमा मुकेश यादव, जुनियर कोर्डिनेटरमा सिवांन्गी रबिदास ,सब जुनियर कोर्डिनेटरमा मुना पौडेललाई चयन गरिएको छ । यस्तै गरी सिनियर इन्चार्जमा रुकमिनी थापा, जुनियर इन्चार्जमा बाबुलाल केवट, सब जुनियर इन्चार्जमा सुमन मौर्या, इसिए सिनियर इन्चार्जमा ज्योती सिंह, र इसिए जुनियर इन्चार्जमा आइसा खातुन, सिनियर डिसिपिलिंग इन्चार्जमा कमला रायमाझी, रेडक्रस कोर्डिनेटर केशव कोहार, स्काउट कोर्डिनेटर दिपा रायमाझी, बालक्लब कोर्डिनेटर सुस्मिता बि.क.,र ब्यवस्थापकमा नारायण केवटलाई चयन गरी जिम्मेवारी प्रदान गरिएको छ ।
ब्याज बितरण एवम पद हस्तान्तरण गर्दै बिद्यालयका अध्यक्ष अमित यादवले हरेक ठाउमा कामको मुल्यांकन गरिने हुदा इमानदारीका साथ काम गर्न आग्रह गर्नु भएको छ । उहाले चुनौतीलाई अवसरको रुपमा लिन सके मात्र लक्ष्यमा पुग्न सकिने जोड दिनु भयो । उहाले इमानदारीका साथ गरिने कामले नै लक्ष्यमा पुग्न मदत गर्ने भएकोले आफुले देखेको सपनालाई साकार गर्न मेहनत र सकरात्मक सोच आवश्यक भएको बताउनु भएको छ । अध्यक्ष यादवले जब सम्म प्रयास गरिदैन तब सम्म लक्ष्यमा पुग्न नसकिने भएकोले सफलताको पहिलो सिढी नै प्रयास भएको उल्लेख गर्नु भयो ।
अध्यक्ष यादवले उदाउनका लागी मेहनत अपिहार्य भएको जोड दिनु भयो । उहाले भैरहवामा रहेको आफनो स्कुलहरुले संस्कार सहित शिक्षा प्रदान गर्दै आएकोले अझै पनि बिद्यालय र बिद्यार्थीको बिकासका लागी समुहगत रुपमा जिम्मेवारी प्रदान गरी अझै थप नमुना बिद्यालय बनाउन लागि परेको जोड दिनु भयो । उहाले बिद्यालयको शिक्षक र बिद्यार्थी नै बिद्यालयको गहना भएको यो गहनालाई हरेक क्षेत्रबाट उत्कष्ट बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको उल्लेख गर्नु भयो ।
यस्तै गरी बिद्यालयका प्रमुख सल्लाहकार एल.बि. रौतारले बिद्यालयले दिएको जिम्मेवारी इमान्दारिताको साथ बहन गर्न आग्रह गर्नु भएको छ । उहाले शिक्षकहरुमा भएको क्षमता अनुसार नै जिम्मेवारी प्रदान गरिएकोले हातमा हात र काधमा काध मिलाएर बिद्यालयको बिकासमा होतमालो गर्दै अगाडी बढन सकिने जोड दिनु भयो । उहाले मोर्डन पब्लिक स्कुललाई मोर्डन जस्तै बनाउन सबै टिमको उत्तिकै महत्व भएकोले आगामी दिनमा पनि मोर्डनलाई उत्कृष्ट बिद्यालय बनाउनमा सबैको उत्तिकै सहकार्य र जिम्मेवारी आवश्यक भएको बताउनु भएको छ ।
उहाले आफुले पाएको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्ने बताउनु भएको छ । उहाले बिद्यालयको भिजन अनुसार काम गर्ने बताउदै मोर्डन पब्लिकलाई नाम अनुसार नै काम गरेर देखाउने प्रतिबद्धता समेत गर्नु भएको छ । कार्यक्रममा अनामिका कन्सल्टेन्सीका प्रमुख अनामिका यादव, बिद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिका , बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०४-१६ , समय : ०९:०२:३१ , ८ घन्टा अगाडि