बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

रुपन्देही खबर , ७८  पटक हेरिएको

पोखरा, बैशाख २

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै
पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहनु भएको छ ।

बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२५-०४-१५ , समय : ०९:१०:४१ , २० घन्टा अगाडि

error: कोपि गर्न पाइदैन