उर्मिला यादव यात्री , १३० पटक हेरिएको

भैरहवा, बैैशाख २
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा उद्योगी ब्यवसायीहरुमा निरासा छाएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । उनीहरुले स्थगित भएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनुपर्ने माग गरेका छन । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उद्योगीहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले बिमानस्थल नियमित रुपमा संचालन गर्नका लागी दबाब मुलक आन्दोलन गर्ने गरी तयारी गरेको समेत बताएका छन ।
यस्तै गरी कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगी ब्यवसायीहरु संस्थागत लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । उहाले बिशाल योजनाका साथ उद्योगीहरु ‘योजनाबद्ध रुपमा अघि बढ्नु पर्ने आग्रह गर्दै ३ सय ६५ दिनलाई मुख्य दिनको रुपमा सदुपयोग गर्न सके मात्र आफना योजनाहरु सफल बनाउन सकिने बताउनु भयो ।
यस्तै गरी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले नेपालमै प्रमुख एजेण्डाकै रुपमा रहेको गौतम बुद्ध अन्तराष्टिय बिमान स्थल नियमित रुपमा संचालन गर्नका लागी यहाका उद्योगी ब्यवसायीहरु निरन्तर रुपमा लागेको बताउनु भएको छ । उहाले बिमान स्थल संचालनका लागी नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लाका उद्योगी ब्यवसायी, राजनितीज्ञ, प्रदेश सांसद, संघका सांसदहरु लगायत बिभिन्न सरोकारवाला निकायहरुसंग छलफल गरी बिमानस्थल नियमित रुपमा संचालन गर्नका लागी दबाब मुलक आन्दोलन गर्ने तयारी गरेको बताउनु भएको छ । उहाले अब हुने आन्दोलनलाई निरन्तरता दिन सके मात्र लक्ष्यमा पुग्न सकिने बताउनु भयो । उहाले एकताबद्ध रुपमा शान्तिपुर्ण तरिकाले आन्दोलन गर्न सके पनि त्यसलाई सफल बनाउन सकिने बताउनु भयो । उहाले सेज संचालन गर्न बारम्बार राज्यसंग घचघचाए पनि सरकारले सुनुवाई नगर्दा सेजका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको गुनासो गर्नु भएको छ । उहाले सेजमा अन्य उद्योगहरु आउन सक्ने अवस्था नभएकोले उद्योगहरु बन्द हुने अवस्थामा पुगे पनि आफुहरुले राज्यसंग सेज संचालनका लागी पहल गर्दै आएको जोड दिनु भयो ।
यस्तै गरी संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले २०८१ मा भएका राम्रा कुरा स्मरण गर्दै नराम्रा कुरा मन र मस्तिष्कबाट हटाउनुपर्ने बताउनु भएको छ । उहाले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन पुर्ण रुपमा संचालन हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।उहाले सेजमा ६ वटा उद्योगहरु संचालनमा रहेको जानकारी दिदै बन्द रहेका उद्योग ,ब्यापारलाई संचालन गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमा र महत्व धेरै रहेको बताउनु भएको छ । उहाले संघमा बिगतका अध्यक्षहरुको महत्वपुर्ण योगदान रहेको समेत चर्चा गर्दै उहाले बन्द भएका ब्यापार संचालन गर्नका लागी नया योजनाका साथ जानुपर्ने उल्लेख गर्नु भयो । यस्तै गरी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार कूल प्रसाद न्यौपानेले स्थगित भएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनुपर्ने बताउनु भएको छ ।
भित्तेपात्रो प्रकाशन समिति संयोजक एवं कार्यसमिति सदस्य प्रमोद रिजालको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, संघका सल्लाहकार नवराज न्यौपाने, सल्लाहकार विजय पाण्डे, संघका पूर्वअध्यक्ष राम कुमार शर्मा, संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, कार्यसमिति सदस्य रमेश घिमिरे, परामर्शदाता रुपमा हिराचन, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी, लगायतले २०८२ सालको शुभकामना दिदै आगामी दिनमा उद्योगी ब्यवसायीहरु नया योजनाका साथ काम गर्दै जाने जोड दिनु भएको थियो । भने कार्यक्रम संचालन महासचिव कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०४-१५ , समय : ०७:४२:१६ , २१ घन्टा अगाडि