उर्मिला यादव यात्री , १६२ पटक हेरिएको

भैरहवा, चैत २६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा फोहोरमैला ब्यवस्थापन र खानेपानी शुद्धिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षतामा मेउडिहवा आधारभुत बिद्यालयमा मंगलबार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्नु हुदै वडा नम्बर २ का वडाध्यक्ष श्रीवास्तवले फोहोरमैला ब्यवस्थापन र खानेपानी शुद्धिकरणका बिषयमा सहभागीले धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । वडाध्यक्ष श्रीवास्तवले तालिममा सिकेका कुराहरु समुह बनाएर टोल टोलमा गई जनचेतना जगाई अभियानकै रुपमा समाजमा जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।
उहाले तालिमबाट सिकेका कुरा आफैबाट लागु गरे मात्र तालिम सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ । वडाध्यक्ष श्रीवास्तवले घरबाट निस्कने फोहोर मैलाको ब्यवस्थापन गरी आर्थिक आम्दानी गर्न सकिने जोड दिदै पानीको महत्व बारे चर्चापरिचर्चा गर्नु भएको थियो । उहाले फोहोरलाई छुटयाएर कुहिने फोहोरलाई मल बनाउन सकिने र नकुहिने फोहोरलाई नगरपालिकाको गाडीमा राखेर नगरलाई सफा सुग्घर र स्वच्छ बनाउन आग्रह गर्नु भएको छ । उहाले पुन प्रयोग गर्न सकिने फोहोरहरु बेचेर समेत आम्दानी गर्न सकिने भएकोले यस तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी सिनपा वडा नम्बर २ का वडासदस्य कन्चन थापाले आफुलाई थाहा भएका कुराहरु समेत हामीले ब्यवहारमा लागु नगरेको र यस तालिमले धेरै उपयोगी कुराहरु सिक्न पाएको बताउनु भएको छ । उहाले यस तालिमले धेरै उत्साह र जागर थप्नु मात्र नभई तालिमका कुराहरु जिवन उपयोगी भएकोले अब परिर्वतन आफैबाट गर्ने जोड दिनु भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को कार्यालय रुपन्देहीको आयोजना तथा पिपुल्स केयर कन्सल्टेन्सी प्रा.लि. को सहजीकरणमा सम्पन्न भएको तालिममा शेखरनाथ पन्थीले खानेपानी शुद्धिकरण, मानव जिवनमा पानीको महत्व , यसलाई प्रयोग गर्ने सुरक्षित तरिका, सरसफाई, फोहोर मैला ब्यवस्थापन, यसका चुनौती लगायत यसले गर्ने भाबि असर लगायतका बिबिध बिषयमा सहजीकरण गर्दै सरसफाईमा बिशेष ध्यान दिदै पानीलाई सदुपयोग गरेर प्रयोग गर्न आग्रह गर्नु भएको छ ।उहाले पानीका मुहान सफा भए मात्र बिभिन्न समस्याबाट जोगिने भएकोले पानीका स्रोतहरुको मुहान सरसफाईमा बिशेष ध्यान दिनुपर्ने जोड दिनु भयो ।
उहाले फोहोर मैला ब्यवस्थापनमा देखिएका चुनौती र यसका असर बारे सहजीकरण गर्दै फोहोरबाट कसरी मोहोर कमाउन सकिने सो बारेमा समेत सहजीकरण गर्नू भएको थियो । तालिममा सहभागीहरुले समेत तालिम एकदमै ब्यवहारिक र उपयोगी भएको बताएका छन । उनीहरुले आफुले सिकेका कुराहरु परिवारमा मात्र नभई गाउघरमा समेत जानकारी गराउने प्रतिबद्धता समेत गरेका छन ।
यस्तै गरी प्रशिक्षक माधव सापकोटा , सरस्वती आचार्य लगायतले तालिमको सहजीकरण गर्नु भएको थियो । तालिममा सिनपा वडा नम्बर २ का वडासदस्य कन्चन थापा, बिन्दु हरिजन, दिपेश प्रताप शाही, राजकुमार अहिर, वडा सचिव हिरा बराल, स्वास्थ्य स्वयम सेबिकाहरु, पुष्पा थापा, सिता थापा, सरु राना, हरिमाया राना, बिमला गुरुंग, राजमति कोहार, समाजसेवी लाल मोहम्मद मुसलमान, देवब्रत सिंह क्षेत्री , इम्रान सेख बिष्णु माया कुवर, निसा थापा लगायतको ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०४-०८ , समय : २२:१७:०६ , ४ दिन अगाडि