लुम्बिनीमा पिकअप दुर्घटना, २ जनाको मृत्यु , १९ जना घाइते

उर्मिला यादव यात्री , ५३७  पटक हेरिएको

लुम्बिनी, चैत २६

रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाईते भएका छन् । मृत्यु हुनेमा शुद्धोधन गा.पा. वडा नंम्बर ६ मानमटेरिया बस्ने ४८ बर्षिय ज्ञानमति यादव र गैडहवा १ बस्ने १२ बर्षिय बालिका अस्मिता यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साझ सवा ५ बजे लुम्बिनी सुर्यपुरा सडकखण्ड अन्र्तगत लुम्बिनीबाट भरवलिया जादै गरेको लु १ च २७६३ नम्बरको पिकअप भ्यान लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ शिवगढीयामा आफै अनियन्त्रित भइ पल्टिका दुर्घटना भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनु भएको छ ।

 

यस्तै गरी घाइते हुनेमा लुम्बिनी सांस्कृतिक न.पा. ८ भरवलिया बस्ने वर्ष ३० की उर्मिला यादव, सोही स्थान बस्ने ३० बर्षिय मंजु यादव, ६५ बर्षिय शान्ति यादवको लुम्बिनीको महजिदियामा अवस्थित लाईफ केयर पोलिक्लिनीकमा उपचार भैरहेको मगराठीले जानकारी दिनु भएको छ भने लुम्बिनी सांस्कृतिक न.पा. ८ बस्ने ५५ बर्षिय गोल्की यादव, सोही स्थानकी ३ वर्षिय अन्सिका यादव, ६ बर्षिय रिया यादव, तीन बर्षिय निया यादव, ७ बर्षिय रुपा यादव, ६ बर्षिय प्रतिमा यादव,१६ बर्षिय लक्ष्मी यादव, लुम्बिनी ११ मसिना बस्ने ३५ बर्षिय रिया यादव, लुम्बिनी ६ बस्ने वर्ष ३५ की प्रभावति यादव, सोही स्थानकी वर्ष ११ की रुचि यादव, लुम्बिनी ९ पकडीहवा बस्ने वर्ष ३५ की विमलावती यादव, मायादेवि गा.पा. ४ भैंसकुण्डा बस्ने वर्ष ६५ की गुदुडी यादव , सोही स्थानकी वर्ष ३५ की गिता यादव, सोही स्थानको ५ बर्षिय रुपाली यादव, सम्मरीमाई गा.पा. ६ गंगोलिया बस्ने वर्ष ४० की गिता यादव , सोही स्थानका वर्ष १५ को प्रदीप यादव, सोही स्थानकी ४० बर्षिय सरावती यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीेले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-०८ , समय : ०९:०९:१८ , ५ दिन अगाडि

error: कोपि गर्न पाइदैन