सिद्धार्थनगर २ मा फोहोरमैला ब्यवस्थापन र खानेपानी शुद्धिकरण सम्बन्धी तालिम सुरु

उर्मिला यादव यात्री , ५३  पटक हेरिएको

भैरहवा ,चैत २५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा फोहोरमैला ब्यवस्थापन र खानेपानी शुद्धिकरण सम्बन्धी २ दिने तालिम सोमबार देखि सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षतामा मेउडिहवा आधारभुत बिद्यालयमा सुरु भएको तालिममा ४० जनाको सहभागिता रहेको छ ।

तालिमको उदघाटन गर्नु हुदै वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले घरबाट निस्कने फोहोर मैलाको ब्यवस्थापन गरी आर्थिक आम्दानी गर्न सकिने बताउनु भएको छ । उहाले फोहोरलाई छुटयाएर कुहिने फोहोरलाई मल बनाउन सकिने र नकुहिने फोहोरलाई नगरपालिकाको गाडीमा राखेर नगरलाई सफा सुग्घर र स्वच्छ बनाउन आग्रह गर्नु भएको छ । उहाले पुन प्रयोग गर्न सकिने फोहोरहरु बेचेर समेत आम्दानी गर्न सकिने भएकोले यस तालिमबाट धेरै कुरा सिकेर ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को कार्यालय रुपन्देहीको आयोजना तथा पिपुल्स केयर कन्सल्टेन्सी प्रा.लि. को सहजीकरणमा तालिम सुरु भएको हो । तालिममा शेखरनाथ पन्थीले खानेपानी शुद्धिकरण, मानव जिवनमा पानीको महत्व , यसलाई प्रयोग गर्ने सुरक्षित तरिका, सरसफाई लगायतका बिबिध बिषयमा सहजीकरण गर्दै पानीलाई सदुपयोग गरेर प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।उहाले पानीका मुहान सफा भए मात्र बिभिन्न समस्याबाट जोगिने भएकोले पानीका स्रोतहरुको मुहान सरसफाईमा बिशेष ध्यान दिनुपर्ने जोड दिनु भयो ।


यस्तै गरी पहिलो दिनमा माधव सापकोटा , सरस्वती आचार्य लगायतले तालिमको सहजीकरण गर्नु भएको थियो भने तालिम भोलि मंगलबार समेत चल्ने आयोजकले जनाएको छ । तालिममा सिनपा वडा नम्बर २ का वडासदस्य कन्चन थापा, बिन्दु हरिजन, दिपेश प्रताप शाही, राजकुमार अहिर, वडा सचिव हिरा बराल, स्वास्थ्य स्वयम सेबिकाहरु, पुष्पा थापा, सिता थापा, सरु राना, हरिमाया राना, बिमला गुरुंग, राजमति कोहार, समाजसेवी लाल मोहम्मद मुसलमान, देवब्रत सिंह क्षेत्री , इम्रान सेख बिष्णु माया कुवर, निसा थापा लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२५-०४-०८ , समय : ००:३१:०८ , ६ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन