रुपन्देहीको सिद्धार्थनगर ४ दोगहराबाट बालिका बेपत्ता

रुपन्देही खबर , ९४  पटक हेरिएको

भैरहवा, चैत २५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट एक बालिका बेपत्ता भएकी छिन् । चैत २२ गते शुक्रबार दिउँसो २ः३० बजेदेखि ६ वर्षिय बालिका समीक्षा गौड बेपत्ता भएको उनको परिवाले जनाएको छ ।

स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका समीक्षालाई दोगहरामा अटो–रिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि बालिका महिलासँगै गएको र वेपत्ता भएको समिक्षाका बुवा सन्तोष गौडले जानकारी दिनु भएको छ । उहाले बालिकालाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८०६९७१२३३ वा ९८२३९१६४४० मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बालिका हराएको र खोजतलासका लागि निवेदन समेत आएकाले खोजी कार्य जारी रहेको बताउनु भएको छ । उहाले सम्बन्धित स्थानहरुमा सिसिटिभी फुटेज हेर्न लगाइएको र हालसम्म बालिका फेला नपरेको डीएसपी कार्कीले जानकारी दिनु भएको छ । उहाले बालिकाको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भैरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०४-०७ , समय : २२:३७:१९ , ७ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन