रुपन्देही खबर , १०२ पटक हेरिएको

भैरहवा, चैत २५
सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ । अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो ।
सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले आइतबार विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लामा रहेका उद्योगी–व्यवसायी, पर्यटन व्यवसायीले महसुस गरी अधिकारीले पटकपटक दिएमा नकारात्मक अभिव्यक्तिप्रति सञ्जालले घोर आपत्ति र भ्रत्र्सना गर्दै यथाशिघ्र उहाँलाई कारवाहीको माग गर्नु भएको छ ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु गर्न सञ्जालको माग छ । अन्यथा शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०४-०७ , समय : ०९:२०:०२ , ११ घन्टा अगाडि