रवि लामिछाने दुई दिनसम्म प्रहरी हिरासतमा रहने

रुपन्देही खबर , ११४  पटक हेरिएको

भैरहवा, चैत २३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही ल्याइएको छ ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा ल्याइएको हो

लामिछाने शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी कार्यालउ रुपन्दहीका प्रहरी नायब उपरीक्षक (डिसपी) सुरज कार्की जानकारी दिनु भएको छ ।

उहाका अनुसार आज शनिबार र भोलि आइतबार सरकारी बिदा भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन्। सोमबार मात्र अदालत पठाइने डिसपी कार्कीले भन्नु भयो ।

सोमबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा हाजिर गराइन्छ। अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिने उहाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-०४-०५ , समय : १२:०८:२० , ५ दिन अगाडि

error: कोपि गर्न पाइदैन