उर्मिला यादव यात्री , ११९ पटक हेरिएको

भैरहवा, चैत १८
रुपन्देहीको सिद्धार्थनगर ८ भैरहवामा रहेको अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि.ले तीस प्रतिशतदेखि शत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने गरी विभिन्न कोर्षहरु सञ्चालनमा ल्याएको जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिदै गरेका बिद्यार्थीहरुलाई लक्षित गरी विशेष छात्रवृत्ति कोर्षहरु ल्याएको शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि.का सञ्चालक तथा प्रबन्ध निर्देशक राकेश कुर्मीले जानकारी दिनु भएको छ । उहाले रुपन्देहीमै ठुलो तीस वटा कम्प्युटर सेटअप र कम्प्युटर ल्याबको साथमामा १ सय २० जना बिद्यार्थीहरु एकैपटक बस्न मिल्ने गरी कक्षाकोठाको ब्यवस्थापन सहित विभिन्न कोर्षहरु सञ्चालनमा ल्याएको बताउनु भएको छ ।
उहाले कन्सल्टेन्सीमा ब्रिज कोर्स, ए लेभल साईन्स, ए लेभल म्यानेजमेन्ट, विभिन्न कम्प्युटर कोर्ष तथा सिटीईभिटीको प्रवेश परीक्षाको तयारी समेत गराइने जानकारी दिनु भएको छ । उहाले कम्प्युटर बेसिक प्याकेज कोर्षको तीन हजार रुपैया देखि एकाउन्टिंग प्याकेज १२ हजार , एडभान्स कोर्षहरु बिशेष छुटमा संचालन भैरहेको समेत बताउनु भयो । उहाले आर्थिक रुपमा बिपन्न भएका बिद्यार्थीहरुका लागी न्युन शुल्क तथा आर्थिक अवस्था अनुसार निशुल्क शिक्षा प्रदान उदेश्यका साथ दक्ष प्रशिक्षकहरुद्धारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र यसको फाइदा लिन बिद्यार्थीहरुलाई आग्रह समेत गर्नु भएको छ ।
कुर्मीले बिद्यार्थीहरुलाई ब्यवहारिक, गुणस्तरीय शिक्षा, सिर्जनशील बनाउनुका साथसाथै स्थानिय स्तर देखि अन्तराष्टियस्तर सम्मको पनि पहुच पुरयाउने महत्वपुर्ण भुमिका खेल्दै आएको समेत बताउनु भयो ।
यस्तै गरी गणित शिक्षक मोहम्मद अली खानले आर्थिक रुपमा पछाडी परेका हरेक समुदायका बिद्यार्थीहरुलाई शिक्षामा समान पहुँच र उच्च गुणस्तर शिक्षा प्रदान गर्ने उदेश्यका साथ अंशिका कन्सल्टिंग सर्भिस संचालनमा आएको जोड दिनु भयो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ आईसीएफसी फाईनान्स लिमिटेडको माथिल्लो तल्लामा रहेको अंशिका कन्सल्टिंग सर्भिस प्रा.लि. २०७६ सालदेखी संचालनमा आएको र यसमा हाल ४५० जना बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रकाशित मिति: २०२५-०३-३१ , समय : ११:०८:२२ , २ दिन अगाडि