उर्मिला यादव यात्री , १६९ पटक हेरिएको

लुम्बिनी, चैत १६
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीनदिन सम्म संचालन भएको महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम एक कार्यक्रमका बिच शनिवार समापन गरिएको छ । नगरको प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी थारु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको शनिवार समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्नु हुदै प्रदेश सभा सदस्य चौधरीले ग्रामिण भेगमा अझै पनि महिलाहरु पछि परेकोले बिभिन्न खालका सेवा सुबिधाबाट बन्चित भएको बताउनु भएको छ । उहाले ग्रामिण भेगका महिलाहरु यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अझै पनि खुल्न नसक्ने अवस्था रहेकोले यस्ता सचेतना कार्यक्रम मार्फत महिलाहरुलाई सचेत बनाउदै लगे मात्र महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन सक्ने उल्लेख गर्नु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले लुम्बिनी प्रदेशमा सुरक्षित मातृत्व प्रवद्र्धनात्मक कार्यक्रम,परिवार नियोजनका सेवा, यौन संक्रमण तथा एचआइभी एडस रोकथाम, किशोर किशोरी स्वास्थ्य मैत्री सेवा, लैंगिक समानता तथा महिला सशक्तिकण लगायतका कार्यक्रमहरुलाई जोड दिएको बताउनु भएको छ । उहाले समुदायमा स्वास्थ्य सचेतना तथा शिक्षा मार्फत नै महिलाहरुको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने भएकोले आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी नगरप्रमुख सजरुद्धिन मुसलमानले पहिला भन्दा समाजमा अहिले धेरै परिर्वतन आएको बताउनु भएको छ । उहाले लुम्बिनीमा अझै यौन तथा प्रजनन स्वास्थ्यबारे महिलाहरु अनबिज्ञ नै रहेको बताउनु भएको छ । अधिकाश समुदायका महिलाहरु शिक्षा भन्दा नै बाहिर नै रहेको यसबारे खुलेर बोल्न नसक्ने भएकोे आफनो समस्या लुकाएर बसेको बताउनु भएको छ । उहाले शिक्षित समुदायमा यौन तथा प्रजनन स्वास्थ्यबारे चेतना हुन लागेको बताउनु भएको छ । नगरप्रमुख मुसलमानले थोरै सन्तान पाउने सबैको चाहना भए पनि मुस्लिम समुदायमा धेरै सन्तान पाउनु पुन्यको काम भएको धर्ममा नै उल्लेख भएपछि एकैपटक समाजमा परिर्वतन ल्याउन नसकिएको बताउनु भयो ।उहाले परिर्वतन एकपटक नहुने भएकोले शिक्षित समुदाय अरु समुदाय भन्दा फरक रहेको उल्लेख गर्नु भयो । उहाले लुम्बिनीमा बिस्तारै शिक्षा संगै स्वास्थ्य क्षेत्रमा पनि परिर्वतन आउने र यसका नगरपालिका बिशेष योजनाका साथ काम गर्ने प्र्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा महिलाहरु सचेत हुनुपर्ने बताउनु भएको छ । उहाले नगर भित्रका स्वास्थ्य स्वयम सेबिकाहरु पनि यस बिषयमा ध्यान दिदै सुरक्षित हुनुपर्ने जोड दिनु भयो । उहाले स्वास्थ्य स्वयमसेबिकाहरुले तालिमबाट सिकेका कुराहरु ग्रामिण भेगका महिलाहरुलाइ पनि सिकाउनुपर्ने बताउनु भएको छ । उहाले लुम्बिनीमा सुरक्षित गर्भपतन गर्ने किशारीहरुको संख्या बढदै जानु चुनौतीको बिषय भएकोेले यसको न्युनीकरणका लागी पालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुबराज घिमिरेले बोल्दै स्वास्थ्य स्वयम सेबिकाहरुको क्षमता अभिबृद्धि गर्न र उनीहरुको सेवासुबिधामा समेत नगरपालिका सकरात्मक भएको बताउनु भएको छ । उहाले लुम्बिनीमा तीन दिन सम्म चलेको सचेतना कार्यक्रम सबै पक्षलाई समेटेर गरेकोले यसलाई अवसरको रुपमा लिन आग्रह गर्नु भएको छ ।
उहाले पहिलो दिन पत्रकार तथा जनप्रतिनिधी बिच अन्तरक्रिया, दोस्रो दिन नगरपालिका भित्रका महिला जनप्रतिनिधीहरु लगायत स्वास्थ्य, शिक्षा तथा महिला बालबालिका शाखा सहितको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको बताउनु भएको छ । यस्तै गरी तेस्रो दिन स्वास्थ्य स्वयम सेबिका , स्वास्थ्य शाखाका कर्मचारी लगायत नर्सिंग कर्मचारीको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । उहाले यस्ता अभिमुखीकरण कार्यक्रमले समाजमा सचेतनाको सुरुवात गरेको बताउनु भएको छ ।
कार्यक्रममा पब्लिक हेल्थ नसिंग निरीक्षक दिपा खडका ,स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक प्रभास पन्थी, नमुना एकीकृत बिकास परिषदका कार्यक्रम संयोजक राजेश जि.सी. ले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । भने समापन कार्यक्रममा स्वयम सेबिकाको तर्फबाट मायादेवी यादव र स्मृति गौतमले आ आफनो भनाई राख्नु भएको थियो । यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम चैत १३ गते देखि १५ गते सम्म संचालन भएको थियो ।
प्रकाशित मिति: २०२५-०३-२९ , समय : २३:३५:४५ , ३ दिन अगाडि