जसपा नेपाल रोहिणी गाउँपालिकाको अधिवेशन सम्पन्न

पुन:घनश्याम सिंह क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन

रुपन्देही खबर , २२२  पटक हेरिएको

धकधई, चैत १६

जनता समाजवादी पार्टी नेपाल रोहिणी गाउँपालिकाको अधिवेशन शनिवार धकधईमा सम्पन्न भएको छ । घनश्याम सिंह क्षेत्रीको अध्यक्षता तथा जसपा नेपालको केन्द्रिय सदस्य रिता यादवको प्रमुख अतिथ्यतामा भएको भेलाले पुन: घनश्याम सिंह क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेकोे छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले जसपा नेपाल संघियता संरक्षण र अधिकार प्राप्तिका लागी आन्दोलनको तयारीमा रहेको बताउनु भएको छ । उहाले संगठनमा भएको कमीकमजोरीलाई सुधार गर्दै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गर्नु भएको छ । यस्तै गरी जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहनु भएको प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष घनश्याम सिंह क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य रिता यादव, , वरिष्ठ नेता कैलास गुरुङ, जसपा रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, , बिनय यादव, सरोज पाण्डे, दिनेश यादव, पवन गौड, जाबेद आलम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन, राहुल यादव र कलामुदिन खानले गर्नु भएको थियो ।

यता जसपा नेपाल रोहिणी गाउपालिकाको अधिबेशनमा एमाले, काङ्ग्रेस ,राप्रपा परित्याग गरि एक सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश प्रवेश गरेका छन । उनीहरुलाई जसपा नेपालको केन्द्रीय सदस्य रीता यादव, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादव, वरिष्ठ नेता कैलाश गुरुङ लगायतले पार्टीमा स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०३-२९ , समय : २१:४२:५९ , ३ दिन अगाडि

error: कोपि गर्न पाइदैन