सिसास भैरहवा रुपन्देहीको २ सय ५५ औं नियमित मासिक साहित्यिक सङ्गम सम्पन्न

संगममा क्षितिज नियाल्दा कृतिको परिचर्चा

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा, चैत १६
सिर्जनशील साहित्यिक समाज रुपन्देहीको २ सय ५५औं नियमित मासिक साहित्यिक सङ्गम कार्यक्रम संगै क्षितिज नियाल्दा “ कृतिको परिचर्चा गरिएको छ । संस्थाकी अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा कथाकार एल .शर्माको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कमल पोख्रेल “ निश्छल “द्वारा रचित कविता तथा गीत सङ्ग्रह “क्षितिज नियाल्दा“को समीक्षा सिसासका संस्थापक अध्यक्ष सुरज घिमिरे “दीपशिखा“ले गर्नुभएको थियो ।

 

कार्यक्रममा साहित्यिक स्रस्टाहरूले आआफ्ना रचना बाचन समेत गरेका थिए । कार्यक्रममा साहित्यकार विजय सागर , सुरज घिमिरे “ दीपशिखा “ सुवास रिजाल यात्री , कमल पोख्रेल “ निश्छल “ लक्ष्मीप्रसाद अधिकारी , हृदय लेकाली , दीपक प्रधान , लता प्रधान , राजेश “ जिज्ञासु “ ,तिलक लामिछाने सावित्री घिमिरे , गङ्गा घिमिरे , सिर्जना खनाल सबल घिमिरे लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन सिसासका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलले गर्नुभएको थियो।

 

प्रकाशित मिति: २०२५-०३-२९ , समय : २०:२८:०१ , ३ दिन अगाडि

error: कोपि गर्न पाइदैन