रुपन्देही खबर , १४० पटक हेरिएको

मणिग्राम, चैत्र १६
नेपाल भारत मैत्री संघ मणिग्राम शाखा रूपन्देहीको छैटौं मैत्रीसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डोलराज पाण्डेयको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपाध्यक्षमा माया घिमिरे, सचिवमा गिरिराज भट्टराई, सह–सचिवमा नारायणप्रसाद भुसाल, कोषाध्यक्षमा विन्दु आचार्य सहित ६ जना सदस्य चयन गरेको छ ।
त्यस्तै केन्द्रिय अधिवेशन प्रतिनिधिमा डोलराज पाण्डेय, हरि न्यौपाने, हेमन्त पाण्डेय र पार्वती अर्याललाई सिफारिस समेत गरेको छ । त्यसअघि शाखाका अध्यक्ष एवम् केन्द्रीय सदस्य मोहनराज शर्माको सभापतित्वमा भएको मैत्रीसभा उद्घाटनका वक्ताहरूले नेपालको शिक्षा र समाज विकाशमा भारतीय जनताको तर्फबाट सहयोग प्राप्त भैरहेको भन्दै आपसी विकाशका थप कार्यक्रम गर्दै जाने बताएका थिए । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बासुदेव रिमाल, पूर्व केन्द्रीय अध्यक्ष मुरारीलाल अग्रवाल, केन्द्रिय सदस्य ध्रुवकुमार धिताल, जिल्ला अध्यक्ष शिरपत गुप्ता बेलहिया शाखा अध्यक्ष श्याम कान्दु लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०३-२९ , समय : १९:५४:५० , ३ दिन अगाडि