दुर्गाैलिया प्रहरी चौकीका इन्चार्ज खडका घुस रकम सहित पक्राउ

रुपन्देही खबर , ५०७  पटक हेरिएको

भैरहवा, चैत १४

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुर्गौलिया प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब  निरीक्षक खिमबहादुर खड्कालाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा ३० हजार रुपैयाँ नगद लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२५-०३-२७ , समय : १९:५८:१६ , ४ दिन अगाडि

error: कोपि गर्न पाइदैन