जेसीआई सिद्धार्थ लेडी नेपालको २६ औं स्थापना दिवसको विभिन्न कार्यक्रम गरि मनाइयो

रुपन्देही खबर , ५९३  पटक हेरिएको

भैरहवा, साउन १३

जेसीआई सिद्धार्थ लेडी नेपालको २६ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहिबार संस्थाले ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अवस्थित सत्यसाई बृद्धाश्रममा रहेका १५ जना बृद्धबृद्धाहरुको लागि स्वास्थ्य परीक्षण तथा खाना खुलाउने कार्यक्रम गरेर संस्थाको स्थापना दिवस मनाएको कार्यक्रम संयोजक सुश्मा बडालले बताउनु भएको छ।


संस्थाका अध्यक्ष अनिता पाण्डे अनुपाको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पछिल्लो समय महिलाहरु पनि पुरुष सरह सामाजिक कार्यमा सक्रिय रहेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले महिला लक्षित विभिन्न योजनाहरु ल्याएको समेत जानकारी गराउनु भएको थियो ।

उहाले सिप विकासमा महिलाहरु सक्रिय रुपले अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष सरिना श्रेष्ठले संस्थाको सुरुवाती अवस्थालाइ सम्झदै अहिलेसम्म आउँदा संस्थाबाट भए गरेका कामहरुले संस्था जन्माउनुको औचित्य सही सावित भएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा सत्यसाई बृद्धाश्रमका अध्यक्ष माया खरेलले सबैको सहयोगमा संचालित आश्रममा जेसिज लगायत विभिन्न संघसंस्थाको सहयोग आवश्यक रहने भन्दै जेसिआइ सिद्धार्थ लेडी नेपालले गरेको सहयोगको प्रशंसा समेत गर्नु भएको थियो ।

 

अप्सरा पाण्डेको सन्चालन तथा सवनव चौधरीको आस्थापाठ रहेको उक्त कार्यक्रममा जेसिआइ सिद्धार्थ लेडी नेपालका संस्थापक कार्यकारीणी उपाध्यक्ष अन्जु जैसी, जेसिआइ सिद्धार्थ लेडी नेपालका निवर्तमान अध्यक्ष रिमा न्यौपाने, जेसिआइ सिद्धार्थ नेपालका पुर्व अध्यक्ष दिलिप धिताल, निवर्तमान अध्यक्ष गोपाल ज्ञवाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रममा भिम अस्पतालका डाक्टरहरुको सहयोगमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा नेपाल जेसिजका पुर्व उपाध्यक्ष राकेश गुरुङ, जेसिआइ सिद्धार्थ नेपालका पुर्व अध्यक्ष रामचन्द्र उपाध्याय, खगेन्द्र शर्मा, छिमेकी शाखा बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठ, कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल लगायत जेसिआइ सिद्धार्थ लेडी नेपालका संस्थापक कोषाध्यक्ष बिनिता श्रेष्ठ, पुर्व अध्यक्षहरु, पुर्व पदाधीकारी, संस्थाका सम्पुर्ण कार्यसमिति तथा पदाधीकारीहरु समेतको सहभागिता थियो ।

प्रकाशित मिति: २०२२-०७-२९ , समय : २०:५५:५२ , २ वर्ष अगाडि