उर्मिला यादव यात्री , ४४९ पटक हेरिएको

लुम्बिनी, चैत १३
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ लोहखडिया चोकमा सवारी साधन दुर्घटना हुदा २ जना घाइते भएका छन । इलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार पडरीयाबाट कपिलबस्तु जादै गरेको लु ३३ प ८२३२ नम्बरको मोटरसाइकल र कपिलबस्तुबाट लुम्बिनी आउदै गरेको प्रदेश १- ०२००१ ख ८४७२ नम्बरको टकमा ठोक्किदा मोटरसाइकल चालक कपिलबस्तुको शुद्धोधन २ नौडिहवा बस्ने ४० बर्षिय हफि जुल्लाह फकिर र मोटरसाइकलमा सवार शुद्धोधन २ भुसुडीको ३५ बर्षिय किस्मती चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
आज बुधबार बिहान ११ बजे भएको सवारी दुर्घटनामा घाइते भएको दुबै जनाको सिटी अस्पताल भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०३-२६ , समय : २२:०६:०९ , ५ दिन अगाडि