पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

रुपन्देही खबर , ४१५  पटक हेरिएको

बुटवल , साउन ८

पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बागलुङको बुर्तिवाङबाट गुल्मीको मजुवा हुँदै बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको यात्रुबाहक बस सडकबाट १०० मिटर तल खस्दा आज अपरान्ह ६ जनाको ज्यान गएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार घाईते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन ५ का किसन श्रीस मगर, बागलुङ बडिघाट १० का १८ वर्षिय सिजन थापा, बुटवल ११ कालिकानगरका ५७ वर्षिय गोबिन्द थापा, गुल्मी मजुवाकी २१ वर्षिया रचना सुबेदी, गुल्मी चन्द्रकोट ८ मजुवाकी १८ वर्षिया प्रियङ्का काफ्ले, सोही स्थानका चन्द्र बहादुर कामी रहेका छन् ।

 

त्यसैगरि घाईते हुनेहरुमा कपिलवस्तु वाणगङ्काका पिताम्बर रेग्मी, गुल्मी चन्द्रकोटकी रिया सुबेदी, गुल्मी सत्यवती छ खैरेनीका छबिलाल ढकाल, नवलबरासी बर्दघाटका अम्मरे कामी, सत्यवती गुल्मी खैरेनीका पुजन ढकाल, बागलुङ ढोरपाटन १ का टेकबहादुर रसाईली, रौतहट बिरेन्द्रवनका संजय कुमार ठाकुर, म्याग्दी रुमका ४ वर्षिय विश्वास रोका र सुमित्रा रोका तथा देवदह ७ का खडक बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएको र मृतक ५ जनाको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०७-२४ , समय : २३:३१:१९ , २ वर्ष अगाडि