सम्मरीमाई ६ मा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रामभवन मौर्या , १९३  पटक हेरिएको

मर्चवार, चैत ११

रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा नम्बर ६ महादेईमा रक्तदान तथा निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देही, रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको आयोजना तथा नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितीको संरक्षकमा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्स्थ्य शिबिर सम्पन्न भएको हो । जसमा तीन सय जना सेवा ग्राहीले लाभ लिएका छन भने २६ जनाले रक्तदान गरेका छन ।


कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि सम्मरीमाई गाउपालिकाका पुर्ब अध्यक्ष बब्लु शुक्लाले बोल्दै रगतको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले रक्तदान संगै गरिएको निशुल्क स्वस्थ्य शिविरले समाजमा रहेका बिपन्न समुदायलाई पनि समेटन सकिने भएकोले यसको लाभ लिन मर्चवारबासीलाई आग्रह गर्नु भएको छ । उहाले स्वास्थ्य परीक्षण समय समयमा गराइ राख्नुपर्ने बताउदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गर्नू भएको छ ।

यस्तै गरी कार्यक्रममा नियमित रक्तदाता संघका अध्यक्ष अशेष सिलवालले बोल्दै आफुहरू नेपालभरी यसरी नै रक्तदान कार्यक्रम संचालन गरी सहयोग गर्दै आएको बताउनु भएको छ ।

यस्तै गरी सम्मरीमाई गाउपालिका वडा नम्बर ६ असुरैना स्वास्थ्य चौकीको इन्चार्ज सुखनन्दन पालले बोल्दै यस निःशुल्क शिविरमा ३१० जनाले सेवा लिएका छन जसमा २११ जना महिला र ९९ सय पुरुष रहेको बताउनु भएको छ ।

कार्यक्रममा सम्मरीमाई गाउपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तौलनकेवटले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरूले यस्ता स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए भने आयोजक संस्थाहरूले आगामी दिनमा पनि समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०२५-०३-२४ , समय : २२:५३:१३ , ७ दिन अगाडि

error: कोपि गर्न पाइदैन