भैरहवा सिटी किड्स केयरको ८औं वार्षिकोत्सव सम्पन्न

रुपन्देही खबर , १६६  पटक हेरिएको

भैरहवा, चैत ११

सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ८, रविपथमा अवस्थित ‘भैरहवा सिटी किड्स केयर’ मन्टेस्वरीको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य तथा युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङ्गले वर्तमान परिवेशमा कामकाजी अभिभावकहरुले आफ्ना बाल–बच्चाहरुलाई प्रर्याप्त समय दिन नसकिरहेको अवस्थामा मन्टेश्वरी शिक्षाले बच्चाहरुको मानसिक स्वास्थ्य, पोषण खानेकुरा, खेलकुद, संगीत, अनुशासन, सकारात्मक क्रियाकलापमा अग्रसर गराउन ठूलो टेवा पुगेको बताउनु भएको छ ।उहाले यसले भविष्यमा असल तथा दक्ष नागरिकको निर्माणमा समग्रमा राष्ट्रलाई नै योगदान पुग्ने जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ६ का जनप्रतिनिधि अनिल केसी, अभिभावक दिनेश गौतम लगायतले बोल्दै यस मन्टेश्वरीले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको शैक्षिक क्रियाकलापमा राम्रो प्रभाव पारेको बताउदै संस्थाले अझै प्रगतिको बाटोमा लम्किीरहोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका प्राचार्य अन्जु पाण्डेको स्वागत मन्तब्य रहेको कार्यकम संचालन शिक्षिका भुमिका पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, वाचन शैलीको माध्यमबाट आफ्ना प्रतिभाहरु प्रस्तुत गरेको थियो भने त्यहाँबाट उतीर्ण भएका विद्यार्थी तथा अभिभावकहरुलाई खादा तथा मायाको चिनो मार्फत सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति: २०२५-०३-२४ , समय : २२:११:३२ , १ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन