नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको १०औं जिल्ला अधिवेशन सम्पन्न

रुपन्देही खबर , १६५  पटक हेरिएको

रुपन्देही, चैत १०

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रुपन्देही जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले क. हिराध्वज शाहलाई अध्यक्ष चयन गर्दै ६७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

नवगठित जिल्ला कमिटीमा  मीरा श्रेष्ठ र  अविराम बिक उपाध्यक्ष,  टंक पोखरेल सचिव, तथा  शारदा पहारी,  बाबुराम अर्याल र  राम बहादुर बस्नेत उपसचिव पदमा चयन हुनु भएको छ ।

नयाँ नेतृत्वले पार्टी संगठनलाई अझ सबल बनाउने संकल्प लिएको छ भने आगामी दिनमा पार्टीलाई जनस्तरमा मजबुत बनाउने प्रतिबद्धता जनाएका छन । अधिवेशन विभिन्न सत्रहरूमा विभाजित रही सम्पन्न भएको थियो, जसमा पार्टी संगठन, स्थानीय राजनीति तथा जनहितका विषयहरूमा छलफल भएको थियो।

अधिवेशनमा पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले अधिवेशन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै, नवनिर्वाचित जिल्ला कमिटीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०२५-०३-२३ , समय : २२:३१:५७ , १ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन