रुपन्देहीमा ब्राउन सुगर सहित एक जना पक्राउ

रुपन्देही खबर , २८९  पटक हेरिएको

भैरहवा चैत ८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीेले लागु औषध सहित बिहीबार एक जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सियारी गाउँपालिका वडा नम्बर १ सोनारेतमा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. १२ मकर्हर बस्ने २५ बर्षिय विशाल नायकलाई शंका लागी चेकचाज गर्दा उनको साथबाट ६ ग्राम ५९ मिलिग्राम ब्राउन सुगर सहित उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका विशाललाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०३-२१ , समय : १९:३०:३७ , २ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन