राममणि बहुमुखी क्याम्पसमा अभिमुखीकरण कार्यक्रम 

रुपन्देही खबर , १२५  पटक हेरिएको

तिलोत्तमा, चैत्र, ८

रूपन्देहीको मणिग्राममा सञ्चालित राममणि बहुमुखी क्याम्पसको गुणस्तर अभिवृद्धिमा विद्यार्थीको रचनात्मक भूमिकाबारे आज (शुक्रबार) अभिमुखीकरण सहित कार्यशाला सम्पन्न भएको छ ।

क्याम्पसमा गठित स्नातक तह पहिलो वर्षको क्वालिटी सर्कल (गुणस्तर समूह)का विद्यार्थीका लागि आयोजित प्रशिक्षण तथा कार्यशालामा विद्यार्थीको रचनात्मक भूमिकामा जोड दिइएको हो ।

सो अवसरमा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीसमेत सबैपक्ष स्वस्फूर्त रूपमा अघि बढेमा क्याम्पस सहित स्थानीय क्षेत्रको विकाशमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा उपप्राध्यापक मुक्तिनाथ गैह्रेले विद्यार्थीलाई कार्यक्रम सञ्चालन, बैठक सञ्चालन तथा निर्णय लेखन सहित वक्तृत्व अभ्यासबारे प्रशिक्षण दिँदै गुणस्तरका विषयवस्तु बारे जानकारी दिनुभएको थियो । सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेयको सञ्चालनमा भएको कार्यक्रमका सहभागी विद्यार्थीले कार्यशालाका विषयमाथि समाधानमूलक सामूहिक जिज्ञासा सहित प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: २०२५-०३-२१ , समय : १५:४१:४२ , २ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन