१२ लाख रुपैया सहित नवलपरासीमा दुई जना पक्राउ

रुपन्देही खबर , १६०  पटक हेरिएको

नवलपरासी, चैत ७

नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित वाईपास चोकबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।  बुधबार पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियालाई १२ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भएको छ ।

पक्राउ परेका दुवैजना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरि हुण्डी कारोबार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०२५-०३-२० , समय : ११:०४:५१ , २ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन