पप्पु रेग्मी , १२२ पटक हेरिएको

बर्दघाट, चैत ७
बर्दघाट उद्योग वाणिज्य संघ पश्चिम नवलपरासी बर्दघाटले गत पाैष ८ गते देखि २० गते सम्म आयोजना गरेको ८ औं बर्दघाट कृषि पर्यटन, संस्कृति तथा औद्यौगिक व्यापार मेला २०८१ सम्पन्न भएको आय–व्यय सार्वजनिक गरेको छ । संघका अध्यक्ष लेख नाथ न्यौपानेको अध्यक्षतामा कार्य समितिका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा संघको सभा कक्षमा मेलामा भएको आय–व्यय सार्वजनिक गरेको हो ।
बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटद्रारा आयोजित बर्दघाट महोत्सव २०८१ बाट ३१ लाख १६ हजार १ सय ९० रुपैया बचत भएको छ । मेलामा १ लाख दर्शकले अवलोकन गरेको मेलामा १ करोड ५० लाख रुपैयाको कारोबार भएको संघले जनाएको छ ।
मेलाबाट आम्दानी ४५ लाख ६६ हजार ५ सय ५८ रुपैया आम्दानी गरेको संघले १४ लाख ४ हजार ३ सय ९५ रुपैया मेला लगाउदा खर्च भएको संघका अध्यक्ष न्यौपानेले बताउनु भयो ।
मेलाबाट २७ लाख, मनोरञ्जन करबापत ३ लाख ५६ हजार ८५ रुपैया, सरसफाइ बापत आम्दानी २५ हजार, बिमा बापत १७ हजार ५ सय, मर्मत सम्भारबाट १६ हजार, स्पोन्सरबाट ६ लाख ३० हजार ९ सय ५०, स्टलबाट १ लाख ९३ हजार, घरेलु तथा साना उद्योग कार्यालय परासीबाट १ लाख २८ हजार ५० र बर्दघाट नगरबाट ५ लाख रुपैया आम्दानी भएको महासचिव गङ्गा पाठकले जानकारी दिनु भयो । फुलमाला, बिद्युत पानी,मिडिया, खाजा नास्ता आन्तरिक सुरक्षा, स्टेशनरी गरि १४ लाख ४ हजार ३ सय ९५ खर्च भएको छ ।
बिपत्त कोषको स्थापना गरि व्यवसायीकालागी १ लाख रुपैयाको दुर्घटना बिमा र मेडिकल बिमा गर्ने गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । संघले २०८० मा स्थापना गरिएको बिपत्त कोषमा आवद्ध हुनका लागी व्यवसाय दर्ता र नवीकरण भएको हुनु पर्ने संघले जनाएको छ ।
संघले ५ लाख ५ हजारबाट सुरु गरेको बिपत्त कोषमा यस बर्षको मेलाबाट १५ लाख थप गर्ने र आगामी दिनमा १ करोड पुर्याउने योजना रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । जसबाट ब्यवसायिहरुको विभिन्न क्षतिमा कोषबाट सहयोग प्रदान गरिने संघका महासचिव गङ्गा पाठकले बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०३-२० , समय : ०७:०३:०० , २ हप्ता अगाडि