उर्मिला यादव यात्री , २५१ पटक हेरिएको

भैरहवा, चैत ५
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा रुपन्देहीबाट २२ हजार ९ सय ७५ जना बिद्यार्थी सहभागी हुदैछन । जसमा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ जना र साधारण धार तर्फ नया पुरानो सबै ग्रेड बृद्धि गरी ४ हजार ९ सय ३९ जना परीक्षार्थी सहभागी हुदैछन । कुल साधारण धार तर्फ २२ हजार ४ सय ५७ परीक्षार्थीहरु र प्राबिधिक धार तर्फ ५ सय १८ जना परीक्षार्थी गरी रुपन्देहीमा २२ हजार ९ सय ७५ जना बिद्यार्थीहरुले एसइईको परीक्षामा सहभागी हुन लागेका हुन ।
यही चैत ७ देखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा भएको शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीले जानकारी दिएको छ । साधारण धार तर्फ चैतको ७ गतेदेखी १५ गते सम्म परीक्षा चल्नेछ भने प्राबिधिक धार तर्फ थप दुई दिन परीक्षा संचालन हुनेछ । शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेको अनुसार रुपन्देहीको सन्दर्भमा पर्सि अर्थात चैत ७ गतेदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै रुपन्देहीको परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुरयाउने काम भएको र प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा पुगिसकेको जानकारी दिनु भयो ।
एसइई लाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको र केन्द्राध्यक्षहरुलाई बितरण गरिने सबै सामाग्रीहरु हस्तान्तरण समेत भैसकेको जानकारी दिनु भएको छ । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ । रुपन्देहीमा एसइई परीक्षाका लागि ६० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा प्राबिधिक धारतर्फका बिद्यार्थीहरुका लागी २ वटा परीक्षा केन्द्र बुटवल र भैरहवामा राखिएको छ । यस बर्ष रुपन्देही जिल्लाबाट तीन सय ४६ वटा बिद्यालय परीक्षामा सहभागी हुदै गरेको शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीका इकाई प्रमुख बन्जाडेले जानकारी दिनु भयो । जसमा सामुदायिक बिद्यालय १ सय ७६ र संस्थागत बिद्यालय १ सय ७० गरी तीन सय ४६ बिद्यालय परीक्षामा सहभागी हुदैछन ।
रुपन्देहीमा बिगत भन्दा यस बर्ष परीक्षार्थीको संख्यामा बृद्धि भएको पाइएको छ । तीन हजार दुई सय ८० बिद्यार्थी गत बर्ष भन्दा बृद्धि भएको इकाई प्रमुख बन्जाडेले बताउनु भयो । उहाका अनुसार एसइई परीक्षाका लागी ६० जना केन्द्राध्यक्ष , १५२ सहायक केन्द्राध्यक्ष, ११७३ निरीक्षक, २३५ परीक्षा सहायक, ४७० कार्यालय सहयोगी गरी २ हजार ९५ जनालाई खटाईएको छ भने आवश्यकता अनुसार सुरक्षाकर्मी र अनुगमनकर्ताहरु खटाइएको शिक्षा बिकास तथा समन्वय इकाइ रुपन्देहीले जानकारी दिएको छ ।
यस्तै गरी सबैभन्दा धेरै परीक्षार्थीहरु रहेको बिद्यालय शान्ति नमुना मा.बि मा ६५८ जना बिद्यार्थीहरुले एसईईको परीक्षा दिने भएका छन भने सबै भन्दा धेरै परीक्षार्थीहरु रहेको परीक्षा केन्द्र गिवार्ण संस्कृत तथा साधारण माबि मणिग्राममा ६५८ जना परीक्षार्थी सहभागी हुदैछन भने सबैभन्दा सानो परीक्षा केन्द्र नवरत्न माबि सेमलार बुटवलबाट १६१ जना सहभागी हुदैछन ।
प्रकाशित मिति: २०२५-०३-१८ , समय : २२:३२:०८ , २ हप्ता अगाडि