उर्मिला यादव यात्री , ९२ पटक हेरिएको

लुम्बिनी, फागुन २९
गोपाल सेवा समिती क्षेत्र नम्बर ५ रुपन्देहीले आज बिहीबार एक कार्यक्रमका बिच होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नम्बर ५ का क्षेत्रिय अध्यक्ष रामबेलास यादवको अध्यक्षता तथा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्र्रमुख आतिथ्यतामा गैडहवा ६ सुर्यपुरामा होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितीलाई हरेक पालिका र वडामा बिस्तार गर्दै अगाडी बढन आग्र्रह गर्नू भएको छ । उहाले जबसम्म वडास्तरमा गोपाल सेवा समितीको संगठन बलियो बनाउन सकिदैन तब सम्म यादवहरु संगठित हुन नसक्ने जिकिर गर्नु भयो ।
उहाले परिवार र समाजमा अझै पनि परिर्वतनको खाचो भएकोले यसको लागी आफुमा भएको कमीकमजोरी सुधार गर्न सकेमात्र परिर्वतन ल्याउन र संगठनलाई बनाउन सकिने जोड दिनु भयो । अध्यक्ष यादवले आगामी दिनमा गोपाल सेवा समितीलाई रचनात्मक रुपमा अगाडी बढाउनका लागी वडा तथा जिल्ला स्तरीय भेलाको आयोजना गर्दै यादवहरुलाई एकजुट बनाउने अभियानका साथ काम गर्ने बताउनु भएको छ । उहाले गोपाल सेवा समितीले आफनो धर्म संस्कृतिको संरक्षण गर्दै हरेक पालिकामा राधाकृष्णको मन्दिर निमार्णका लागी पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोपाल सेवा समिती रुपन्देहीका जिल्ला सदस्य रामचन्द्र यादवले गोपाल बंशका एक हिस्सा भएका यादव समुदाय एकजुट हुन आवश्यक भएको बताउनु भएको छ । उहाले यो समुदायलाई एकजुट बनाउन र एकताका माध्यमबाट अगाडी ल्याउनका लागी क्षेत्र नम्बर ५ ले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाले गोपाल सेवा समितीलाई अन्य संगठनले जातिय संगठन भएको नकरात्मक प्रचार गरे पनि यो समितीेले आफनो समुदायलाई एकजुट गराउदै अन्य समुदायको हकहितमा समेत काम गर्दै आएको बताउनु भयो । उहाले पछिल्लो समय यादव समुदायमा धेरै परिर्वतन आए पनि अझै पनि धेरै परिर्वतनको आवश्यकता रहेको उल्लेख गर्नु भयो । उहाले समुदाय भित्र भएको आपसी मनमुटाव र मतभेदलाई हटाउन र यादव समुदायमा एकता कायम गर्न यस्ता कार्यक्रम आवश्यक भएको जोड दिनु भएको छ ।
गोपाल सेवा समितीका बरिष्ठ सल्लाहकार अम्बिका यादवले शुभकामना मन्तब्य राख्दै यादवहरुको सहभागिता बढाउनका लागी गोपाल सेवा समितीले अझै उदाहरणीय कार्य गर्नुपर्ने बताउनु भएको छ । उहाले ३३ प्रतिशत महिला सहभागिताका कुरा गरिरहदा महिलाको उपस्थिती नै शुन्य जस्तो देखिएकोले आगामी दिनमा महिलाहरुलाई पनि गोपाल सेवा समितीमा स्थान दिन आग्रह गर्नु भएको छ । उहाले महिलालाई अगाडी बढाउनका लागी आफनै घरबाट सुरुवात गर्नुपर्ने जोड दिदै यसमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय अध्यक्ष रामबेलास यादवले सोच परिर्वतन नभए सम्म समाजमा परिर्वतन ल्याउन नसक्ने बताउनु भएको छ । उहाले गोपाल सेवा समितीको निमार्ण नै राम्रो काम गर्नका लागी भएकोले समाजमा उदाहरणीय कार्य गरी समितीको नाम उच्च राख्न आग्र्रह गर्नू भएको छ । उहाले समाजमा परिर्वतन ल्याउनमा शिक्षाको अहम भुमिका भएकोले आ आफना छोराछोरीलाई शिक्षासंग जोडदै आत्मनिर्भर बनाउन समेत सुझाव दिनु भएको छ ।
कार्यक्रममा गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय सहसचिव श्रीराम यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुर्यपुरा मा।बि गैडहवा ६ का प्रधानाध्यापक उमेश यादव, गोपाल सेवा समिती लुम्बिनी नगर सचिव रामअवतार यादव, जनकल्याण मा.बि. का प्रधानाध्यापक संजय यादव, गोपाल सेवा समिती सियारी ४ का अध्यक्ष रामजित यादव, गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय सदस्य पहलवान योगेन्दर यादव, गोपाल सेवा समिती तथा सियारी ३ का निर्वतमान अध्यक्ष घिसन यादव लगायतले शुभकामना मन्तब्य राख्नुहुदै यादवहरुबिच अझै पनि एकताको आवश्यकता भएकोले सबै एकजुट भएर सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय सचिव रामबहादुर यादव गर्नु भएको थियो ।
कार्यक्रममा रामबिकास यादव, जिवन श्रेष्ठ, प्रभु यादव, धमेन्द्र कुमार यादव, अमरजित यादव, सुनिल यादव, सन्जेश कुमार यादव, अन्जना चौहान, रामनेवास यादव, रिखराम यादव, योगेन्द्र प्रसाद यादव, बिमलेश यादव, राजाराम यादव, बिजय यादव, रामराज यादव, रामबहादुर यादव लगायत बिभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवाला ब्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-१३ , समय : २२:४०:०० , ४ घन्टा अगाडि