उर्मिला यादव यात्री , १९३ पटक हेरिएको

शुद्धोधन, फागुन २७
श्री राधाकृष्ण मन्दिर संरक्षण समिती शुद्धोधन गाउपालिका वडा नम्बर ७ मधुवनीले आज मंगलबार एक कार्यक्रमका बिच श्री राधाकृष्ण मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम संयोजक रामकेवल यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता एवम निबर्तमान संघिय सांसद प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा श्री राधाकृष्ण मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नूहुदै प्रमुख अतिथी यादवले राधाकृष्ण मन्दिर सबैको साझा सम्पत्ति भएकोले यसको संरक्षण बिकासमा सबैले हातेमालो गर्दै अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले सबैको धर्मको संरक्षण गर्दै आफनो धर्मलाई पनि आत्मसाथ गर्दै यस समितीले गरेको कार्य उदाहरणीय भएको उल्लेख गर्नु भयो ।
उहाले मन्दिर बिकास र संरक्षणका लागी ५१ हजार रुपैया नगद सहयोग गर्दै आगामी दिनमा समेत यस मन्दिरको बिकास र संरक्षणमा आफना अग्रणी भुमिका रहने बताउनु भएको छ ।
उहाले नेपालमा बिभिन्न किसिमका धार्मिक तथा पर्यटकीय स्थल भए पनि यहाका नेताहरुले यसलाई बेवास्ता गरेको जिकिर गर्दै यादवले आगामी दिनमा स्थानिय सरकार,संघ र प्रदेश सरकार लगायतबाट आफुले पहल गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले हिन्दु धर्म संरक्षणका लागी शुद्धोधन ७ का स्थानिय तथा युवाहरु जागरुप भएको देख्दा अत्यन्त खुसी लागेको र यसलाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको छ । उहाले पछिल्लो समय गोपाल सेवा समिती सामाजिक कार्यमा सक्रिय भएर बिभिन्न किसिमका क्रियाकलाप गर्दै आएकोले यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रम संयोजक रामकेवल यादवले मन्दिरको निमार्ण, बिकास र ब्यवस्थापनमा महत्वपुर्ण योगदान दिने सम्पुर्ण समाजसेवी तथा दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत यसरी नै सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाले मन्दिर सबैको साझा सम्पत्ति भएकोले यसको संरक्षण बिकासमा सबैले हातेमालो गर्दै अगाडी बढने प्रतिबद्धता समेत गर्नु भएको छ ।
कार्यक्रममा गोपाल सेवा समिती शुद्धोधनका सचिव दिपक यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेस सियारी गाउपालिका सभापति गोपाल पाण्डे, जनता समाजवादी पार्टी नेपाल जसपा शुद्धोधनका अध्यक्ष तौलेश्वर लोध, सियारी ३ का पुर्व वडाध्यक्ष घिसन यादव, गोपाल सेवा समितीका रुपन्देही जिल्ला सदस्य रामचन्द्र यादव, गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय अध्यक्ष रामबेलास यादव, सियारी ४ का वडाध्यक्ष श्रीराम यादव, समाजसेवी रामजित यादव, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन रंगीलाल लोधले गर्नु भएको थियो ।
श्री राधाकृष्ण मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रममा मन्दिर निमार्णमा आर्थिक सहयोग गर्ने लगायत मन्दिरको बिकास र संरक्षणमा महत्वपुर्ण योगदान दिने सामाजिक ब्यक्तित्व, मन्दिर संरक्षण समितीका पदाधिकारी, समाजसेवी लगायतलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०३-११ , समय : २१:४०:२७ , १६ घन्टा अगाडि