मेघराज गौतम , १३२ पटक हेरिएको

नगरपालिकाका सहकारी अधिकृत रामसुभाष गुप्ताको अध्यक्षता र कार्यवाहक नगरप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको शुरुवात गरिएको छ । तीन दिनसम्म चल्ने तालिमको सहजिकरण सिद्धार्थनगर नगरपालिकाका भैरहवाका सहकारी अधिकृत कमलकान्त खनालले गर्नु भएको छ ।
तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख चौधरीले पालिका भित्रका सहकार्यहरुसँग नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो । उहाँले सहकारीहरुले सहकारी सिद्धान्त, मूल्य र मान्यताको परिधिभित्र रहेर आर्थिक कारोबार गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रामग्राम नगरपालिका भित्रका ३५ जना सञ्चालक र व्यवस्थापकहरुको उपस्थिति रहेको छ । सो क्रममा पशुसेवा शाखाका गोविन्द पौडेल, रामग्राम सहकारी सञ्जालका संयोजक मेघराज गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-०३-१० , समय : १३:३०:२२ , १ दिन अगाडि