श्रीमती मनराजी देवी मा.बि.मर्चवारी ३ सिसो सेमरामा श्याम मोहन यादवको प्यानल बिजयी

उर्मिला यादव यात्री , २७९  पटक हेरिएको

मर्चवार, फागुन २४

श्रीमती मनराजी देवी माध्यमिक विद्यालय मर्चवारी ३ सिसो सेमरा रुपन्देहीको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा श्याम मोहन यादवको प्यानल बिजयी भएको छ । आज शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा यादवले चुनाव चिन्ह साइकल बाट ४३१ मत ल्याइ बिजयी हुनु भएको हो । यस्तै गरी बिद्यालय ब्यवस्थापन समितीको निर्वाचनमा यादव कै प्यानलबाट ढुनमुन केवट चुनाव चिन्ह घडी ३८३ मत, आरती केवट चुनाव चिन्ह छाता ३८४ मत, र पुजा कुमारी मौर्या चुनाव चिन्ह मानिस ३९२ मत ल्याई बिजयी हुनु भएको छ ।

यस्तै गरी अन्य प्यानलबाट कडा प्रतिस्पर्धामा उत्रिनु भएका चुनाव चिन्ह पन्जाका रामसुमेर नाउले १४३ मत, विश्वम्भर अहिर चुनाव चिन्ह त्रिशुल १६३ मत, संगीता पासी चुनाव चिन्ह घर १६३ र सुनिता केवट चुनाव चिन्ह तराजु १५३ मत प्राप्त गर्नू भएको थियो भने कडा प्रतिस्पर्धामा नै उत्रिएका तेस्रो प्यानलबाट अमिरका कोइरी चुनाव चिन्ह शंख १८१ मत, अर्जुन प्रसाद कोइरी चुनाव चिन्ह सिंढी १७४ मत, सुशीला कुमारी केवट चुनाव चिन्ह घण्टी १८१ मत र सरीता धोबी चुनाव चिन्ह कमलको फुल १८२ मत ल्याएर पराजित भएको बिद्यालयका शिक्षक पंकजराम लोधले जानकारी दिनु भएको छ । लोधका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा तीन वटा बुथबाट मतदान गराइएको थियो ।
८५७ मत रहेको श्रीमती मनराजी देवी माध्यमिक विद्यालयमा ७८६ जना अभिभावकले मतदान गरेका थिए । भने हाल बिद्यालयमा एक हजार २ सय ४९ बिद्यार्थी अध्ययनरत छन ।

प्रकाशित मिति: २०२५-०३-०८ , समय : २१:१४:३२ , ३ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन