कपिलदेव यादव , १२७ पटक हेरिएको

सुनवल, फागुन २४
सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण“ भन्ने मुल नाराका साथ ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनवल नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सामाजिक विकास समिति संयोजक भगवती बस्यालको अध्यक्षता तथा नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नुहुदै नगरप्रमुख अर्यालले लैङ्गिक हिंसा अहिलेको समाजको मुख्य समस्या रहेकाले यसका बारेमा महिलालाई स्वंयम सचेत हुन आग्रह गर्नु भएको छ । उहाले कुनै न कुनै माध्यमबाट महिला माथि लैङ्गिक हिंसाका घटना भएमा कानुनी उपचारका लागि न्यायिक निकायमा जानुपर्ने अन्यथा जस्तो सुकै हिंसात्मक घटनामा मिलापत्र गराउने परिपाटीबाट पनि हिंसा गर्नेलाई प्रोत्साहन मिलिरहेको बताउनु भएको छ । उहाले घरभित्र हुदै आएको महिला हिंसा बिरुद्ध महिलाले आवाज उठाउनुपर्नेमा जोड दिनु भएको थियो । नगरप्रमुख अर्यालले महिलालाई आर्थिक रुपमा सबल बनाउन सके मात्र महिला हिंसाका घटनामा कमी ल्याउन सकिने जोड दिनु भएको छ ।
यस्तै गरी सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले स्वागत मन्तब्य राख्दै घरमा हुने बिभिन्न किसिमका लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार नियन्त्रण र महिला हक अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रमले सहयोग पुर्याउने बताउनु भएको छ ।
कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधि तथा वडा अन्र्तगत रहेका महिला समुह, आमा समुह, महिला संजाल, महिला कल्याण केन्द्र, महिला उद्यम केन्द्र तथा महिला सहकारी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०३-०८ , समय : १९:०९:५० , ३ दिन अगाडि