रुपन्देही खबर , २२४ पटक हेरिएको

भैरहवा, फागुन २४
रुपन्देहीको ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले आफनै पालिकाले आफुलाई अपमान गरेको बताउनु भएको छ । उहाले ओमसतिया वडा नम्बर ५ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटनको क्रममा आफुलाई अपमान गरिएकोे बताउनु भएको हो ।ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा करिब डेढ करोडको लागतमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटनको क्रममा त्यहा दुई वटा शिलालेख राखिएको छ । एउटा शिलालेख शिलान्यासको हो भने भने अर्को उद्घाटनको । दुबै शिलालेखमा आयोजक वडा नम्बर ५ ले उपाध्यक्ष चौधरीको नाम राखेको छैन । शिलालेखमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु), वडा अध्यक्ष मदन प्रसाद पोखरेल, पूर्व प्रशासकिय अधिकृत विपिन क्षेत्री, केही दिन पहिला मात्र हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा सदस्यहरु प्रेम लोध, उमाशंकर चौधरी, चन्द्रभावती लोध र कमली हरिजनको नाम लेखिएको छ । तर उपाध्यक्ष सुनिता चौधरीको नाम कतै न राखिएपछि चौधरीले कार्यक्रममा बिरोध जनाउनु भएको हो ।
उहाले भन्नु भयो “पूर्व प्रशासकिय र वर्तमान प्रशासकिय अधिकृत सम्मको नाम अटाएको छ, तर जनमतबाटै निर्वाचित भए पनि आदिवासी महिला भएकै कारण मेरो नाम नियतवश नै राखिएको छैन ।” चौधरीले भन्नुभयो “म पनि यहि वडाबाट मत पाएर निर्वाचित भएको हो, वडा कार्यालयको भवन बनाउन बजेट विनियोजन गर्नुमा मेरो पनि उत्तिकै सहकार्य छ, तर म के कारण यसरी हेपिए जवाफ पाउन सकेको छैन ।”
चौधरीले शिलालेख नभए पनि यसलाई भद्र तरिकाले विरोध गरेको यसलाई सच्याउन आग्रह गरेको बताउनु भएको छ । उपाध्यक्ष चौधरीले नियतवस नै नाम नराखेको शिलालेखलाई सच्याउन आग्रह गरेको गर्नू भएको छ भने यो न सच्चाए यसको बिरोधमा कडा रुपमा उत्रने चेतावनी समेत दिनु भएको छ । यता ओमसतिया वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउपालिका प्रवक्ता मदन पोखरेलले उपाध्यक्ष चौधरीको नाम शिलालेखमा राख्ने वा नराख्ने बिषयमा पालिकामा कुरा चले पनि के गर्ने बारेमा भन्न नसकिने बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०३-०८ , समय : १५:४१:१४ , ३ दिन अगाडि