रुपन्देहीबाट ३ लाख ६८ हजार भन्दा बढी मुल्यका अबैध सामान बरामद

रुपन्देही खबर , १५६  पटक हेरिएको

भैरहवा, फागुन २४

प्रहरीले रुपन्देही जिल्लाको बिभिन्न स्थानबाट ३ लाख ६८ हजार ४ सय ५० रुपैया मुल्य बराबरको भन्सार छलीका अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले शुक्रबार कोटहीमाई गाउँपालिका वडा नंम्बर ५ गोनाहामा भन्सार छली गरी ल्याएको ६१ हजार २ सय ५० रुपैया मुल्य पर्ने १७५ किलो [५० पिस ] बोइलर कुखुरा बेवारीसे अबस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको जनाएको छ ।

यस्तै गरी वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा न. १० चौराहाबाट भन्सार छलीका ३ लाख ७ हजार २ सय रुपैया मुल्य बराबरका लेडिज टप्स १८० पिस, लेडिज सुट १२० पिस, बिभिन्न कम्पनिका चस्माहरु बरामद गरी आवश्यक कारवाहीको भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२५-०३-०८ , समय : १२:२९:४१ , ४ दिन अगाडि