कपिलदेव यादव , १५७ पटक हेरिएको

नवलपरासी, फागुन २४
स्थानिय तहले स्थानिय मिडियालाई प्रवर्द्धन गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति नवलपरासीले बर्दघाटमा पत्रकारहरुका लागि आयोजना गरेको प्रवर्द्धनात्मक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सो कुरामा जोड दिएका हुन । पछिल्लो समय मिडियालाई हेर्ने दृष्टिकोण कमजोर भएका कारण मिडियाहरु बन्द हुने अवस्थामा पुगेकाले स्थानिय सरकारले स्थानिय मिडियालाई प्रवद्र्धन गर्ने गरी बजेट बिनियोजन गर्न आग्रह समेत गरेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाजलाई सहि दिशातर्फ र जनप्रतिनिधी तथा कर्मचारीमा सुशासन कायम गर्नका लागी पत्रकारको अहम भुमिका भएको बताउनु भएको छ ।
उहाले पत्रकारलाई निष्पक्ष रुपमा कलम चलाउन समेत आग्रह गर्नू भएको छ । नगर प्रमुख श्रेष्ठले जनप्रतिनिधी तथा कर्मचारीले बाटो बिराएको खण्डमा सजग गराउन पत्रकारले कलमका माध्यमबाट सुझाव सल्लाह दिनुपर्ने बताउनु भएको छ ।
यस्तै गरी नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष केशव पराजुलीले पत्रकारहरुका लागि प्रवद्र्धनात्मक कार्यक्रमले नवलपरासीको पत्रकारिता जगतमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले नगरपालिकाले गरेका बिकास निमार्णका काम र आगामी दिनमा गर्ने क्रियाकलापहरुलाई पनि यस कार्यक्रमले सम्बोधन गर्ने बताउनु भयो । उहाले बिगत देखि नै बर्दघाट नगरपालिकाले महासंघ लगायत बिभिन्न संचारगृह तथा संचार क्षेत्रमा लगानी गरेकोले यसलाई पुर्ण रुपमा सदुपयोग गर्न आग्रह समेत गर्नू भयो । उहाले नगरमा भएका कमी कमजोरी औंलाएर सुधार ल्याउनमा पत्रकारले आफनो दायित्व बहन गर्न अनुरोध समेत गर्नु भएको छ ।
यस्तै गरी नेपाल पत्रकार महासंघ नवलपरासीका निवर्तमान अध्यक्ष हरि शर्माले पत्रकारले सहि र तथ्यसहित समाचार लेख्न आग्रह गर्नू भएको छ । उहाले समाचार लेखेकै आधारमा पत्रकार आलोचित हुनुपरेकोले आफना कलमलाई परिष्कृत गरी चलाउन सबैमा आग्रह गर्नु भएको छ । उहाले मिडियालाई हेर्ने दृष्टिकोण कमजोर भएका कारण मिडियाहरु बन्द हुने अवस्थामा पुगेको बताउदै स्थानिय सरकारले स्थानिय मिडियालाई प्रवद्र्धन गर्ने गरी बजेट छुटयाउन आग्रह गर्नू भएको छ ।
महासंघको उपाध्यक्ष उर्मिला यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा बर्दघाट नगरपालिकाको उपप्रमुख रुद्र प्रकाश उपाध्याय ,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल , रेडियो परासीका अध्यक्ष राज कुमार रेश्मी, प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश बि.क., लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली र पुष्कर काफलेले गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष केशव पराजुलीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रवार बर्दघाटमा पत्रकारहरुका लागि प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हो जसमा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-०८ , समय : ०८:२५:४५ , १ महिना अगाडि