उर्मिला यादव , ३९९ पटक हेरिएको

भैरहवा, फागुन २२
ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रानीगाउं रुपन्देहीको ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ । बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा बुधबार बिद्यालयमा ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी नगरउपप्रमुख अधिकारीले बिद्यार्थीहरुलाई अध्ययनका लागी पालिका भन्दा बाहिर नजान आग्रह गर्नु भएको छ । उहाले नगरभित्र रहेका प्याप्सन,जोइन्ट स्कुल, एनप्याप्सन लगायत सबै बिद्यालयका बिद्यार्थीहरु बोर्ड परीक्षामा अब्बल आएकोले सिद्धार्थनगरको शिक्षा गुणस्तरीय भएको दाबी गर्नू भयो ।
नगर उपप्रमुख अधिकारीले आगामी बर्षको बजेटमा प्राइभेट सेक्टरका शिक्षकहरुलाई दक्ष बनाउनका निम्ति तालिमहरु प्रदान गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले सरकारी बिद्यालयका शिक्षकहरुको लागी आएको तालिममा प्राइभेट स्कुलका शिक्षकहरुलाई सहभागी गराउने प्रतिबद्धता गर्नु भएको हो ।
उहाले सिद्धार्थनगरका राम्रा बिद्यार्थी अन्य पालिकामा अध्ययन गर्न जाने क्रमले गर्दा नै यहाका बिद्यार्थीहरुले गर्दा नै अन्य ठाउको शिक्षा गुणस्तरी हुन पुगेको बताउनु भएको छ । उहाले सुरु देखि नै जग बलियो बनाउदै आएका सिद्धार्थनगरका बिद्यालयले बिद्यार्थीको भबिष्यमाथि खेलवाड गर्न नसक्ने दाबी गर्दै यहाका बिद्यार्थीहरुलाई यही पढने बातावरण बनाउन अभिभावकहरुसंग आग्रह गर्नु भएको छ । उहाले बाहिर राम्रो अध्ययन हुने अभिभावकको सोचले नै यहाका बिद्यार्थी अन्य पालिकामा अध्ययन गर्न पुगेको गुनासो गर्नु भयो । उहाले कक्षा १० सम्म भैरहवामा अध्ययन गर्ने बिद्यार्थीहरु कक्षा ११ र १२ अध्ययन गर्नका लागी अन्य पालिकामा गएकोले अभिभावकहरु यहा पनि राम्रो शिक्षा प्रदान हुदै आएको बुझन जरुरी रहेको उल्लेख गर्नु भयो ।
उहाले राज्यले गर्न नसक्ने काम, राज्यले समेटन नसक्ने क्रियाकलापहरु ,राज्यले दिन नसक्ने सुबिधाहरु प्राइभेट सेक्टरले दिइरहेको बताउनु भएको छ । सिद्धार्थनगर नगरपालिकामा २५ हजार जना बिद्यार्थी रहेको बताउदै ६ देखि ७ हजारको हाराहारीमा सरकारी स्कुल र बाकी सबै बिद्यार्थी प्राइभेट स्कुलमा अध्ययन गर्दै आएको बताउनु भयो । उहाले सिद्धार्थनगरको शिक्षा एकदमै राम्रो भएको बताउनु भएको छ । उहाले काम गर्ने बेलामा तलमाथि भए पनि कमीकमजोरी भए पनि स्कुल र स्कुलको टिमले पनि शिक्षकलाई बुझन आग्रह गर्नु भएको छ ।
यस्तै गरी बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवले बिद्यालयका शिक्षक र कर्मचारी लगायत बिद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले शैक्षिक गुणस्तरमा फडको मारेको बताउनु भएको छ । उहाले निजी बिद्यालयको बिकासमा नगरपालिका सकरात्मक देखिएको बताउनु भएको छ । उहाले शैक्षिक क्षेत्रको बिकासमा सिद्धार्थनगर नगरपालिका अन्य पालिका भन्दा भिन्न रहेको जोड दिदै उहाले सिद्धार्थनगरमा संचालित निजी बिद्यालयहरु एकदमै सुरक्षित महसुस गरिरहेको बताउनु भयो । उहाले यस बिद्यालयले बिगत ८ बर्षदेखि बिभिन्न संघर्ष गर्दै आएको र यसमा अभिभावकहरुको साथ र सहयोग पनि उत्तिकै पाएको बताउनु भयो ।
उहाले ब्राइट स्टार बिद्यालय नाम अनुसार नै चम्किदै गएको बताउदै उहाले बिद्यालयमा खेलमैदानको साथसाथै स साना बालबालिकाहरुको लागी छुटटै खेलपार्क निमार्ण गरी बिद्यालयले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउनका लागी मन्टेश्वरी स्तरका शिक्षकहरुमार्फत अध्ययन अध्यापन गराउदै आएको जोड दिनु भयो । उहाले आगामी दिनमा कक्षा ११ र १२ संचालन गर्ने लगायत बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षा प्रदान गर्ने उदेश्य सहित बिद्यालयको बिकास र शैक्षिक गुणस्तरमा अझै फड्को मार्ने योजनाका साथ कामहरु गरिरहेको समेत जानकारी दिनु भएको छ । उहाले बिद्यार्थीहरुलाई प्रबिधीमैत्री शिक्षा प्रदान गर्ने समेत प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी नेश्नल प्याप्सन नेपालका केन्द्रिय उपमहासचिव बिष्णु पौडेलले अभिभावकहरुको सक्रिय सहभागिता, चासो र बिद्यार्थी संख्या र यहाको शैक्षिक नतिजा तथा बिद्यालयको टिमको अथक प्रयासले नै ब्राइट स्टार स्कुल भैरहवाको उत्कृष्ट बिद्यालयको रुपमा स्थापित भएको बताउनु भएको छ । उहाले शिक्षामा भौतिक बिकास संग संगै आध्यात्मिक बिकासलाई जोडेर लैजान सके मात्र समाजमा सहि ब्यक्ति उत्पादन गर्न सकिने बताउनु भएको छ । उहाले शिक्षालाई संस्कारसंग र संस्कारलाई शिक्षा संग जोडेर अगाडी बढन आग्रह गर्नु भएको छ ।
सबै तहबाट देखिएका सामाजिक बिकृतीहरुको अन्त्यका लागी बालबालिकाहरुलाई संस्कार सहितका सुसंस्कृत शिक्षा दिन अहिलेको ज्वलन्त आवश्यकता भएको उल्लेख गर्नू भयो । उहाले सामाजिक बिकृतीहरुले गर्दा बालबालिकामा नकरात्मक प्रभाव पर्दै गएकोले यसलाई हटाउदै सकरात्मक सिकाइलाई अगाडी ल्याउनका लागी घरबाट नै संस्कार सहितको शिक्षा आवश्यक भएको जोड दिनु भएको छ ।
यस्तै गरी ब्रहमाकुमारी ईश्वरीय बिश्व बिद्यालयका क्षेत्रिय प्रमुख ब्रहमाकुमारी शान्ति सुबेदीले बिद्यालयमा बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको र ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले छोटो समय नै गुणस्तरीय शिक्षा दिन सफल भएको बताउनु भएको छ । उहाले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभइ आध्यात्मिक शिक्षा प्रदान गर्न आग्रह गर्नु भएको छ ।
उहाले आध्यात्मिक शिक्षाले मानिसका मनमा रहेका बिकार हटाई समाजमा असल ब्यक्ति बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने हुदा यस बिद्यालयले ओमशान्तिको मार्फत बिद्यार्थीहरुलाई अनुशासन सिकाउने गरेकोे बताउनु भएको छ । उहाले समाज र देशलाई बनाउनका लागी भौतिक शिक्षाको साथ साथै आध्यात्मिक शिक्षाको पनि आवश्यकता भएकोले दुबैलाई समन्वय गरी अगाडी बढन आग्रह गर्नु भएको छ ।
उहाले यसले सहि ब्यक्ति बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने हुदा आध्यामिक ज्ञान सबैलाई आवश्यक भएको बताउनु भयो । ब्रहमाकुमारी सुबेदीले ब्यक्ति ठुलो बने पनि असल संस्कार ओतप्रोत भएन भने बिभिन्न प्रकारको दुर्घटना निम्तिन सक्ने भएकोले नैतिक शिक्षा सबैलाई आवश्यक भएको बताउनु भएको छ ।
८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा कक्षा ९ को बिद्यार्थी गजल पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा पक्लिहवा मा.बिका शिक्षक भरत गिरी, ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका कोर्डिनेटर नारायण कश्यप, कक्षा ९ का बिद्यार्थी रियाज खान ,कक्षा १० का बिद्यार्थी तेजस मिश्रा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन कक्षा ९ का बिद्यार्थी रिवाज पौडेल र दिपिका कुवंरले गर्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका, पुर्व बिद्यार्थी लगायत कार्यक्रममा सहभागी अभिभावकहरुलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो भने बिद्यालयमा भएका बिभिन्न खेलकुल प्रतियोगिता र आर्थिक बर्ष २०८० मा उत्कृष्ट स्थान हासिल गरेका बिद्यार्थीहरुलाई मेडल,प्रमाण पत्र, र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले संदेशमुलक नाटक प्रस्तुत गर्नुका साथै सांस्कृतिक नाचगान मार्फत आ आफनो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानी गाउ रुपन्देहका प्राचार्य एल.बि, रौतार, स्कुलका सहप्राचार्य राहुल यादव, सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जान्ह्वी पाण्डे, मोर्डन पब्लिक स्कुलका प्राचार्य कमल प्रसाद नेपाल, ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका इन्चार्ज अजिता रायमाझी , मोर्डन पब्लिक स्कुलका कोर्डिनेटर मुकेश यादव, मोर्डन पब्लिक स्कुलका सहप्राचार्य किसन थापा ,जनता समाजवादी पार्टी नेपाल जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादव, नेश्नल प्याप्सनका केन्द्रिय सल्लाहकार राजु गुरुंग,नेश्नल प्याप्सन केन्द्रिय उपमहासचिव बिष्णु पौडेल ,नेश्नल प्याप्सनका केन्द्रिय सदस्य बिर प्रसाद गूरुंग, नेश्नल प्याप्सन रुपन्देहीका उपाध्यक्ष अमर पाठक, जसपा नेपाल बिद्यार्थी युनियनका बिरेन्द्र यादव, कौसल यादव लगायत बिद्यार्थी, बिद्यालयका शिक्षक ,अभिभावक लगायत सरोकारवाला निकायका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-०६ , समय : १३:१३:३७ , ४ हप्ता अगाडि