तिलोत्तमाको कराैजियामा जारी छैठौं दिनकाे खेलमा न्यु सिर्जना युवा क्लब विजयी

पार्वती थारु , १७०  पटक हेरिएको

तिलोत्तमा, फागुन १३

न्यु सिर्जना युवा क्लब कराैजियाकाे आयाेजनामा जारी साताै न्यु सिर्जना कप नक आउटकाे छैठौं दिन भएको खेलमा न्यु सिर्जना युवा क्लब बिजयी भएको छ । एन्फा एकेडेमी बुटवललाई ० का विरुद्ध ३ गाेलले पराजित गर्दै न्यु सिर्जना युवा क्लब बिजयी भएकाे हाे । निकैबेर सम्म कडा टक्कर भएकाे खेलकाे दाेस्रो हाफमा न्यु सिर्जना युवा क्लबका खेलाडी जर्सि नं ८ दिपसेन ठकुरि ५८ मिनेटमा पहिलाे गाेल गर्दै अग्रता दिलाएका थिए । यस्तै न्यु सिर्जना कै खेलाडि जर्सि नं १० समीर नेपालिले ६५ मिनेटमा दाेस्राे गाेल गरेका थिए । यसैगरि जर्सि नं३ ले ६६ मिनेटमा तेस्रो गाेल गरेका थिए ।

सोमबार सम्पन्न खेलमा न्यु सिर्जना युवा क्लबका जर्सि नं ८ दिपसेन ठकुरि म्यान अफ द म्याच घाेषित भई पुरस्कृत भएका छ्न । उनलाइ तिलाैत्तमा १३ कराैजियाका टाेल विकास संस्थाका अध्यक्ष ओमबहादुर रानाले ट्रफि , नगद र गिफट हेम्पर करेन्ट चाउचाउ प्रदान गरि सम्मान गर्नु भएको थियो ।

यसैगरि फुटवल अभियान्ता दिपक श्रीसलाई न्यु सिर्जना युवा क्लबका अध्यक्ष साेवित थापा दर्लामिले माया चिनाे स्वरुप क्लबकाे टिसर्ट हस्तान्तरण गर्नु भएको थियो । आज फागुन १३ गते फर्साटिकर युवा कल्ब (फर्साटिकर) भर्सेज गाैतमबुुद्द सामुदायिक केन्द्र (पिपरिचापा ) विच खेल हुनेछ । खेल दिउँसाे ३ बजे सुरु हुने प्रचार प्रसार संयाेजक धनबहादुर चाैधरीले जानकारी दिनु भएको छ । फागुन ७ गतेबाट सुरु भएकाे फाइनल खेल फागुन २४ गते खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-२५ , समय : ०९:४७:२६ , १ महिना अगाडि

error: कोपि गर्न पाइदैन