उर्मिला यादव , १२९ पटक हेरिएको

भैरहवा,फागुन १२
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीको सियारी ७ अमुवाबाट नदिजन्य पदार्थ चोरीमा संलग्न २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार सियारी ७ अमुवामा अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा लु २ त ३१३९ र लु ४ त ५४४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहीको लागी सियारी गाउँपालिकाको कार्यालयमा पठाइएको र ९० हजार रुपैया जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-२४ , समय : २०:०५:४९ , ५ घन्टा अगाडि