पिताम्बर चापागाई , १०३ पटक हेरिएको

सुनवल, फागुन १२
जब प्रेमको कल्पनामा लहराउछु
राधाले कृष्ण, सिताले राम
शिवको व्यक्तिको प्रेम लहराउँछ
अल्प हुदैन साँचो माया
पर्वत तोड्न सक्छ
सागर कति गहिरो होला
त्यो सागरको डबल गहिरो हुन्छ
जब म प्रियाको यादमा लहराउछु
तब सृष्टि सर्जक त्यो रोक्न सक्दैनन्
कति श्रृंगार छ त्यहा
स्वर्गका अप्सरा समेत तिरमिराउछन
मेरो प्रेमको कल्पनामा जब कोही आँउँछ
नाता, सम्बन्ध, आर्दश झुक्छ त्यहा
जब म प्रेमको कल्पनामा लहराउछु
कल्प घानले जब यात्रा गर्छ
कामधेनु गाईको प्रेम प्रसाद खोज्न
म संसारको शैर गर्छु
प्रेमको सुन्दर वारी सजाउन
सिन्धु सागर पार गर्दै
म मेरो प्रेमिका नजिक पुग्छु
बिछोडको लामो बियोेगान्त कहानी बिर्सेर
बृन्दा बनमा राधाकृष्णा झै रम्छु,
अंगालोमा उनीलाई राख्दै,
शिव झै अमर प्रेमको गीत गाउछु,
जब म प्रेमको कल्पनामा लहराउछु ।
लेखक:पिताम्बर चापागाई
सुनवल ४–नवलपरासी
प्रकाशित मिति: २०२५-०२-२४ , समय : ०८:५९:४५ , १३ घन्टा अगाडि