राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने अनुपम अभियान बुटवलमा

रुपन्देही खबर , ८६  पटक हेरिएको

बुटवल ,फागुन १२

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियान अन्तर्गत  बुटवलमा पञ्चे बाजा सहित र्याली निकालिएको छ । र्याली बुटवलको पुष्पलाल पार्कबाट शुरु भई ट्राफिकचोक पुगी पुन : पुष्पलालपार्कमा पुगी कोण सभामा परिणत भएको थियो ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै महिलाले देशव्यापी रुपमा यो अभियान चलिरहेको छ ।

रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, सैनामैना,सिद्धार्थनगर र अन्य पालिकाबाट सहभागी महिलाहरुले राजनीतिमा महिला पद छ,जिम्मेवारी छैन, महिलाबादीको आड माया करुणा र साहस, परिवर्तनको समय, महिलालाई नेतृत्व दिनुहोस्,प्रधानमन्त्री महिला, हुनपर्छ पहिला, जस्ता नारा सहित प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरिएको अन्तरपुस्ता महिलाबादी मञ्च सदस्य अभियानकर्मी ज्ञानु पौडेलले बताउनुभयो ।
महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने पौडेलको भनाई छ।
कोण सभालाई सम्बोधन गर्दै अन्तरपार्टी महिला संजालका संयोजक पम्फा खनालले महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य रहेको बताउनुभयो । घर सम्हालेका महिलाले देश सम्हाल्न सक्छन् भन्ने उदाहरण राष्ट्रपति बिद्यादेबि भण्डारी भएको बताउदै अब प्रधानमन्त्री महिला हुनुपर्ने बताउनुभयो ।

रुपन्देहीमा रहेको सिजनशिल संस्था नेपाल सिनले समन्वय गरेको ¥यालीमा रुपन्देहीका दर्जन भन्दा बढी संघसंस्थाका ३०० सयभन्दा बढी महिलाको सहभागिता रहेको अभियानकर्ता प्रतिमा पन्थीले जानकारी दिनुभयो ।

आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ताहरु बताउँछन् ।गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो सङ्ख्या भनेको कुल निर्वाचित सङ्ख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसै गरी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २२५ जना महिला निर्वाचन मैदानमा भए पनि नौ जना मात्रै निर्वाचित भएका थिए । २०८० सालदेखि सुरु भएको अनुपम यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: २०२५-०२-२४ , समय : ०८:१३:५८ , १४ घन्टा अगाडि