हत्या गरी फालिएको अवस्थामा सियारी २ मा महिलाको शव भेटियो

उर्मिला यादव , ६६०  पटक हेरिएको

भैरहवा, फागुन ८

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ भगदरीमा बिहीबार हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या गरी फालिएको शव बुटवलमा बसेर मजदुरी गर्दै आएकी दांगको लमही नगरपालिका वडा नम्बर ७ की ४० बर्षिय संगिता चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।


सियारी गाउँपालिका वडा नम्बर २ भगदरी स्थित बुटवल–बेथरी सडक खण्डमा चौधरीको शव परालले छोपेको अवस्थामा आज बिहान ११.३० बजे फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि भैरहवा स्थित भिम अस्पताल पठाईएको र यसबारे थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : २०:४८:१२ , २ महिना अगाडि

error: कोपि गर्न पाइदैन