गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बेवारिसे अवस्थामा १२५ ग्राम सुन बरामद

रुपन्देही खबर , १४३  पटक हेरिएको

भैरहवा, फागुन ८

श्री गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट मंगलबार बेवारिसे अवस्थामा १२५ ग्राम सुन बरामद भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसार बिमानस्थलको सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेश द्वार नजिकै बायाँ तर्फ रहेको महिला शौचालयबाट बेवारिसे अवस्थामा १२५ ग्राम सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यु ज्वलेरी को विल नं. १०९२८ बाट २५ ग्राम र विल नं. १०९२९ बाट १०० ग्राम गरी १२५ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेलो रङको धातुले बनेको २ थान सिक्री बरामद गरी आवश्यक कारवाहीको लागि श्री गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, भैरहवा, रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : १०:५६:१८ , २ महिना अगाडि

error: कोपि गर्न पाइदैन