श्री गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट अबैध विदेशी मुद्रा बरामद

रुपन्देही खबर , २५७  पटक हेरिएको

भैरहवा, फागुन ८

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले श्री गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट अबैध विदेशी मुद्रा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार फागुन ४ गते बिहान ११ः३० बजेको समयमा विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले श्रीएयरको उडान मार्फत भैरहवादेखि काठमाण्डौ तर्फ जान लागेको भारतको मुंबई, महाराष्ट्र, बस्ने ३६ बर्षिय राहुल चतुर्वेदीको साथबाट ९ लाख ,२४हजार ७ सय भारतिय रुपैयाँ, १ हजार युएस डलर,र ९ सय ६० युनाइटेड अरब इमरीटेस दिरहाम विदेशी मुद्रा बरामद गरेको हो ।

भारतिय नागरिक राहुल चतुर्वेदी र विदेशी मुद्रा नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : १०:३६:१२ , १ महिना अगाडि

error: कोपि गर्न पाइदैन