उर्मिला यादव यात्री , १९९ पटक हेरिएको

भैरहवा, फागुन ७
लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४ हजार ६ सय ७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भी खोप लगाएका छन् । जुन नगरपालिकाको समग्र लक्ष्यको सय प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भी खोप लगाएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुबराज घिमिरेले जानकारी दिनु भएको छ । उहाले लुम्बिनीमा फागुन १ गते देखि ६ गते सम्म संचालन भएको अभियानमा बिद्यालय जाने कक्षा ६ मा अध्ययनरत ९ सय ४५ जना, र कक्षा ७ देखि १० सम्मका ३ हजार ३५ जना गरी तीन हजार ९ सय ८० जना बिद्यालय जाने किशोरीहरुलाई एचपिभी खोप लगाइएको बताउनु भएको छ । यस्तै गरी बिद्यालय नजाने १० बर्ष उमेर समुहका ६५ जना र बिद्यालय नजाने ११ देखी १४ बर्षका ६ सय २७ जना गरी ६ सय ९२ जना बिद्यालय नजाने किशोरीलाई एच. पि.भी.खोप लगाइएको बताउनु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा फागुन १ गते पहिलो दिन १ हजार तीन सय १३ जना किशोरीहरुलाई एचपिभी खोप लगाइएको छ । जसमा कक्षा ६ का बिद्यार्थी २ सय ८६ जना, कक्षा ७ देखि १० सम्मका एक हजार ९ जना र बिद्यालय नजाने १८ जना किशोरी गरी १ हजार तीन सय १३ जना किशोरीहरुलाई एच.पि.भी .खोप लगाइएको थियो ।
यस्तै गरी फागुन २ गते ८ सय ३१ जना किशोरीहरुलाई खोप लगाइएको छ जसमा कक्षा ६ का १ सय ५३ जना, बिद्यालय नजाने १० बर्ष उमेर समुहका ७ जना, कक्षा ७ देखि १० सम्मका ५ सय ६६ जना र बिद्यालय नजाने ११ देखी १४ बर्षका १०५ जना गरी ८ सय ३१ जना किशोरीहरुलाई एच.पि. भी.खोप लगाइएको हो ।
यस्तै गरी फागुन ४ गते १ हजार १ सय ८१ जनालाई खोप लगाइएको छ जसमा कक्षा ६ मा अध्ययनरत २ सय ८९ जना , बिद्यालय नजाने १० बर्षका किशोरी ८ जना, कक्षा ७ देखी १० सम्मका ८ सय ५ जना ,र बिद्यालय नजाने ११ देखी १४ बर्षका ७९ जना किशोरी गरी १ हजार १ सय ८१ जनालाई एच.पि.भी खोप लगाइएको छ ।
यस्तै फागुन ५ गते ६ सय ८३ जना किशोरीहरुलाई एच.पि.भी खोप लगाइएको छ । जसमा कक्षा ६ का १ सय २३ जना, बिद्यालय नजाने १० बर्षका १४ जना, कक्षा सात देखि १० सम्मका ४३४ जना र बिद्यालय नजाने ११ देखि १४बर्षका १ सय १२ जना किशोरी रहेका छन ।
यस्तै गरी अन्तिम दिन फागुन ६ गते ६ सय ६४ जना किशोरीलाई एच.पि.भी. खोप लगाइएको छ । कक्षा ६ का ९४ जना, बिद्यालय नजाने १० बर्षका ३६ जना, कक्षा ७ देखि १० सम्मका २ सय २१ जना र बिद्यालय नजाने ११ देखी १४ बर्षका ३ सय १३ जना गरी ६ सय ६४ जना किशोरीलाई एच.पि.भी. खोप लगाइएको छ ।
खोप अभियान कार्यक्रममा नगरका जनप्रतिनिधि ,स्वास्थ्य कार्यालय रुपन्देही प्रमुख सहित स्वास्थ्य कर्मचारीहरु, संस्थाका प्रमुखहरु, स्वास्थ्यकर्मीहरु,अन्य कर्मचारीहरु लगायत सहयोगीहरुको सहभागितामा खोप कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२५-०२-१९ , समय : २१:०८:३४ , ३ हप्ता अगाडि