पुर्व नर्सिङ सेवा समुह रुपन्देहीको बार्षिक उत्सव कार्यक्रम भैरहवामा सम्पन्न

उर्मिला यादव यात्री , २४४  पटक हेरिएको

भैरहवा, फागुन ७

पुर्व नर्सिङ  सेवा समुह रुपन्देहीले मंगलबार एक कार्यक्रमका बिच बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । पुर्व नर्सिङ सेवा समुह रुपन्देहीका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले नर्सहरुले गर्ने अथक योगदान नै समाजका लागी महत्वपुर्ण भएको बताउनु भएको छ । उहाले स्वास्थ्य क्षेत्रमा मात्र नभई बिरामीहरुको हेरचाहमा नर्सहरुको योगदान र समय अमुल्य रहेको जोड दिनु भयो ।

संस्थाको उपाध्यक्ष दुर्गा थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा भिम अस्पताल भैरहवाको मेडिकल सुपरीटेन्डेन्ट डा. सकुन्तला गुप्ता, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नसिंग प्रमुख नेहा थापा, युसिएमयस का मे.सु डा.सधनमुखी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन सरस्वती घिमिरेले गर्नु भएको थियो ।


बार्षिक उत्सव कार्यक्रममा ७० बर्ष पुरा भएका १२ जना नर्सहरुलाई सम्मान गरिएको थियो जसमा महालक्ष्मी श्रेष्ठ, माया गुप्ता, गंगा रायमाझी, जमुना रायमाझी, मंगला पाण्डे, सुर्य कुमारी बज्रचार्य, पबित्रा यादव, गोमा श्रेष्ठ, सिद्ध शाह, रामकुमारी गुरुङ , गोपी उदय, बिष्णु बुढा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव नेत्र थापाले आर्थिक बर्ष २०८०/८१ को फागुन महिना सम्मको संस्थाले गर्दै आएको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो भने संस्थाका कोषाध्यक्ष शान्ती शााक्यले आ.ब.२०८०/८१ को आयब्यय र संस्थाका अध्यक्ष बिष्णु गुरुङले आगामी कार्ययोजना प्रस्तुत गर्नू भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा नसिंग अधिकृत गिता न्यौपाने, नसिंग कलेज प्रमुख तृष्णा बज्रचार्य,युसिएमयसका नर्सिङ  सुपरभाइजर कल्पना भटटराइ लगायत पुर्व नर्सिग सेवा समुह रुपन्देहीमा आबद्ध सम्पुर्ण पदाधिकारी लगायत समाजसेवी , सरोकारवाल निकाय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१९ , समय : ०६:४७:३५ , २ महिना अगाडि

error: कोपि गर्न पाइदैन