राधा कृष्ण मन्दिर संरक्षण समिती सिनपा २ द्धारा मेउडिहवामा बिशाल भण्डारा तथा रात्री जागरण

उर्मिला यादव , ३०६  पटक हेरिएको

भैरहवा, फागुन ६

श्री राधा कृष्ण मन्दिर संरक्षण समिती सिद्धार्थनगर २ मेउडिहवा रुपन्देहीले राधाकृष्ण मुर्ति प्राण प्रतिष्ठा, बिशाल भण्डारा तथा रात्री जागरण सम्पन्न गरेको छ । मन्दिर संरक्षण समितीका अध्यक्ष शिवा कुमार कुर्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवम पुर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सोमबार मुर्ति स्थापना महोत्सव सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य एवम पुर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सिद्धार्थनगर २ लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले नेपालमा बिभिन्न किसिमका धार्मिक तथा पर्यटकीय स्थल भए पनि यहाका नेताहरु यसलाई बेवास्ता गरेको जिकिर गर्नु भयो । उहाले आगामी दिनमा स्थानिय सरकार, प्रदेश सरकार लगायत आफुले पनि आध्यात्म प्राप्तिका लागी काम गर्ने बताउनु भएको छ ।

यस्तै गरी श्री राधा कृष्ण मन्दिर संरक्षण समिती सिद्धार्थनगर २ मेउडिहवा रुपन्देहीका अध्यक्ष शिवा कुमार कुर्मीले मन्दिरको निमार्ण, बिकास र ब्यवस्थापनमा महत्वपुर्ण योगदान दिने सम्पुर्ण समाजसेवी तथा दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत यसरी नै सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाले मन्दिर सबैको साझा सम्पत्ति भएकोले यसको संरक्षण बिकासमा सबले हातेमालो गर्दै अगाडी बढने प्रतिबद्धता समेत गर्नु भएको छ ।


यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले मन्दिरको बिकास र ब्यवस्थापनमा यहाका स्थानिय, समाजसेवी, उद्योगी, ब्यवसायी, किसान, मजदुर , लगायतको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । उहाले मन्दिरको संरक्षण बिकासबारे नगरलाई सहयोगका लागी पत्राचार गर्दा पनि कुनै चासो नदेखाउनु नै दुखद भएको बताउनु भयो । वडाध्यक्ष श्रीवास्तवले लुम्बिनी प्रदेश सांसद पाण्डेयलाई ध्यानाकर्षण गराउदै वडा नम्बर २ को बिकासका लागी पहल गर्न अनुरोध समेत गर्नु भएको छ । उहाले वडा नम्बर २ को समग्र बिकासका लागी जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवम नगर प्रवक्ता मुक्तिनाथ यादव भोलाले बोल्दै यस मंन्दिर निमार्णमा नगरको पनि उत्तिकै उत्तरदायित्व भए पनि नगरपालिकाले कुनै चासो नदेखाएको बताउनु भएको छ । उहाले नगरपालिकामा अन्य सहयोगका पत्र आउदा त्यो काम भए पनि सिद्धार्थनगर २ बाट पटकपटक यो बिषय राख्दा र अनुरोध गर्दा पनि नगरले कुनै चासो र पहल नगरेको गुनासो गर्नु भयो । वडाध्यक्ष यादवले मंन्दिरको लागी सिद्धार्थनगर नगरपालिकाले ५५ हजार ५ सय ५५ रुपैया दिनुपर्ने जिकिर गर्दै आफुले यसको लागी नगरको बैठकबाट पहल गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

उहाले धर्मको नाममा आतंकको राजनिती गर्न नपाइने बताउदै हरेक धर्मको सम्मान सबैले गर्नूपर्ने उल्लेख गर्नु भयो । उहाले वडा नम्बर २ मा रहेको यस मन्दिरको बिकासको लागी नगरपालिका सधैै स्थानियको साथमा रहने र जनताको चाहना अनुसार नै बिकासका कामहरु गर्दै जाने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले हिन्दु धर्म संरक्षणका लागी वडा नम्बर २ का स्थानिय तथा युवाहरु जागरुप भएको देख्दा अत्यन्त खुसी लागेको र यसलाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा श्री राधा कृष्ण मन्दिर संरक्षण समितीका सचिव सागर गुप्ताको स्वागत मन्तब्य रहेको बिशाल भण्डारा तथा रात्री जागरण कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडासदस्य दिपेश प्रताप शाही, सिनपा २ का निर्वतमान वडाध्यक्ष दिपक कुमार थापा, नेपाल भारत मैत्री अवध समाज रुपन्देहीका जिल्ला अध्यक्ष तथा दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्रका जिल्ला अध्यक्ष अजय कुमार गुप्ता लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन बिरेन्द्र कुमार कोहारले गर्नु भएको थियो ।

मुर्ति स्थापना महोत्सवमा मन्दिर निमार्णमा आर्थिक सहयोग गर्ने लगायत मन्दिरको बिकास र संरक्षणमा महत्वपुर्ण योगदान दिने सामाजिक ब्यक्तित्व, मन्दिर संरक्षण समितीका पदाधिकारी, समाजसेवी लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो । राधाकृष्णको सुमधुर गीत संगीत नाचगानका साथमा रात्री जागरण कार्यक्रम हर्साेउल्लासका साथ गरिएको थियो ।

यस्तै गरी रात्री जागरण कार्यक्रममा राधाकृष्ण मन्दिरका पण्डित आचार्य रबिन्द्र नाथ दुवे, ,सहसचिव पवन कुमार यादव, उपाध्यक्ष संदिप यादव, कोषाध्यक्ष कल्पना कुर्मी, सदस्यहरु चन्दन कुमार कोहार, सुधिर कुमार कोहार,अजय कोहार, अनिता कुर्मी,संगीता कोहार लगायत स्थानिय, समाजसेवी, सरोकारवाला ब्यक्तित्वहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१८ , समय : २०:१३:३७ , ३ हप्ता अगाडि