रुपन्देही खबर , ४६७ पटक हेरिएको

भैरहवा, फागुन ५
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाईकल चोरी गर्ने ५ जना लाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका वडा नं.११ बस्ने २८ वर्षिय मनु थापा, सोही स्थान बस्ने २३ बर्षिय कमल बहादुर गाहा मगर, कोटहीमाई गाउँपालिका वडा नं.३ बस्ने २६ बर्षिय राजेश यादव, सोही स्थान बस्ने १९ बर्षिय धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नंम्बर ३ बस्ने १९ बर्षिय सोनु बनिया रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा सवारी साधनहरु मोटर साईकल र स्कुटर चोरी भएको सम्बन्धमा इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई पहिचान एवम् खोजतलास गर्दै जाने क्रममा मोटरसाईकल तथा स्कुटर चोरी गर्ने ५ जना पक्राउ परेका हुन । उनीहरुको साथबाट लु २३ प ९०५५ नम्बरको स्कुटर, नम्बर प्लेट नभएको च्यासिस नंम्बर एमइ ४ एससि३६६ सि ए ८४०२६०७ र ईन्जिन नंम्बर जेसि३६सि९५९५३५७ भएको १२५ सि.सि.को होण्डा साईन, लु ५४ प ७६८२ नम्बरको सुपर स्पलेण्डर र लु १३ प ४११२ नम्बरको हिरो होण्डा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्ति र सवारी साधनहरुलाई समेत नियन्त्रणमा लिई जिल्ला अदातलबाट दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट चोरी कसुर शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक सेनले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०२-१७ , समय : १८:३०:३९ , २ महिना अगाडि