रुपन्देही खबर , २७० पटक हेरिएको

भैरहवा, फागुन ४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदिजन्य पदार्थ चोरीमा संलग्न तीन वटा टयाक्टर नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार अस्थायी प्रहरी पोष्ट रमवापुरबाट खटिएको प्रहरी टोलीले आज आइतबार मायादेवी गाउँपालिका वडा नम्बर ५ लुकठहवाबाट बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा लु २ त ५७२९, लु ४ त ३३३३ र लु ४ त ३८५४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको तीन वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी मायादेवी गाउँपालिकाको कार्यालयमा पठाइएको र ९२ हजार ४ सय ४० रुपैया जरिवाना भएकोे प्रहरी निरीक्षकसेनले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०२-१६ , समय : २०:४०:४५ , २ महिना अगाडि