उर्मिला यादव यात्री , २११ पटक हेरिएको

भैरहवा, फागुन ४
तिमी बाहेक अरुलाई न हेर्ने मान्छे हु म ।
जन्मौजन्म तिम्रै नामले सास फेर्ने मान्छे हु म ।।
देखाउन मिल्ने भए हनुमानले झै छाती चिरेर देखाउथे ।
मेरा जिन्दगीका हरेक पानामा तिम्रै नाम केर्ने मान्छे हु म ।
जन्मौजन्म तिम्रै नामले सास फेर्ने मान्छे हु म ।।
अमर छ मेरो माया हेरेर नै जिन्दगी काटन सक्छु ।
बस देउ तिम्रो नाम, तिमी जे भन्छौ त्यही टेर्ने मान्छे हु म ।।
जन्मौजन्म तिम्रै नामले सास फेर्ने मान्छे हु म ।।
झुठो र धोखेवाजको भित्र तिमी कहिल्यै नपर्नु ।
लाखौ पीडामा पनि तिमी बाहेक अरु न हेर्ने मान्छे हु म ।
जन्मौजन्म तिम्रै नामले सास फेर्ने मान्छे हु म ।।
२०८१/११/४ गते आइतबार
प्रकाशित मिति: २०२५-०२-१६ , समय : २०:११:४१ , १ हप्ता अगाडि