तीन बर्षपछि मायादेवी ५ मा अवस्थित श्री परकाटेश्वर मन्दिर ब्यवस्थापन समितीले पुर्णता पायो

अध्यक्षमा मंगल प्रसाद मिश्रा

उर्मिला यादव , ३०६  पटक हेरिएको

भैरहवा, फागुन ४

श्री परकाटेश्वर धाम मायादेवी ५ सेमरहना रुपन्देहीको मन्दिर ब्यवस्थापन समितीले शनिबार पूर्णता पाएको छ । तीन बर्ष देखि गठन हुन नसकेको मन्दिर ब्यवस्थापन समिती शनिबार एक कार्यक्रमका बिच मंगल प्रसाद मिश्राको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिती गठन भएको हो । जसको उपाध्यक्षमा राजेन्द्र यादव, कोषाध्यक्षमा राजेन्द्र प्रसाद मुराव,सचिवमा इनरमन यादव, सहसचिवमा मनोज अग्रहरीलाई रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा सुनिल बरई, नन्दु पाल, भानमती हरिजन,पुष्पा चाई, फुलझरी चाइर्, भानमती लोध रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष मंगल प्रसाद मिश्राले श्री परकाटेश्वर धामको बिकासका लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले मन्दिर एक ब्यक्तिको मात्र नभइ सम्पुर्ण समुदायको भएकोले यसको संरक्षण र बिकासमा सबैको उत्तिकै दायित्व रहेको बताउनु भएको छ । उहाले मन्दिर जस्तो पबित्र ठाउमा राजनिती गर्न नहुने बताउदै मन्दिर सबैको साझा सम्पत्ति भएको जोड दिनु भयो ।

यस्तै गरी नवनिर्वाचित उपाध्यक्ष राजेन्द्र यादवले मन्दिरको बिकास र संरक्षणमा सबैको उत्तिकै भुमिका भएकोले यसको संरक्षणमा सबैलाई जुटन आग्रह गर्नु भएको छ । कार्यक्रममा स्थानिय, समाजसेवी, सरोकारवाला निकाय लगायत बिभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२५-०२-१६ , समय : १०:४३:१२ , २ महिना अगाडि

error: कोपि गर्न पाइदैन