बिष्णु गौडेल , १४१ पटक हेरिएको

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकी राखेको टिप्परमा मोटरसाइकल ठक्कर खादा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अनुसार शनिवार राति ९ बजेको समयमा जङ्गलमा बिग्रिएर रोकी राखेको लु २ ख ४१६६ नम्बरको टिप्परमा ना ३८ प १२७५ नम्बरको मोटरसाइकल ठक्कर खादा महतो गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-१६ , समय : ०२:०३:४७ , ३ हप्ता अगाडि